डाउन सिन्ड्रोम भएका बालबालिकाको लागि विद्यालय निर्माण गर्न विशेष कार्निभल आयोजना
काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिज्म भएका बालबालिकाहरुका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले आगामी असार ४ गते एक विशेष कार्निभल आयोजना गर्ने भएको छ ।
स्कुल फर स्पेसल्स् प्रोजेक्टको रुपमा राउण्ड टेबल नेपालले पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गर्नेछ भने डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि सहयोग गर्ने लक्ष्य समेत राखेको छ । स्कुल फर स्पेसल्स प्रोजेक्टको पहिलो विद्यालय निर्माणका लागि राउण्ड टेबल नेपालकै सदश्यले निःशुल्क प्रयोगकका लागि दिएको जग्गामा विद्यालय निर्माण गर्ने विकल्पसहित आफ्नै जग्गा खरिद गर्नेसम्मका योजनाहरु छन् । जसको पहिलो पाईलाको रुपमा यो फण्ड रेजर इभेन्ट आयोजना गर्न लागिएको हो । आर्थिक रुपमा यस परियोजनाका सहयोगीहरुलाई दबाब नपर्ने र आर्थिक गतिविधि समेत हुने र प्रायोजकले व्यावसायिक कार्यक्रम जस्तै लाभ हासिल गर्नसक्ने यस्तै कार्यक्रमहरु राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्दै जाने राउण्ड टेबल नेपालको योजना छ ।
दि मल्ल होटलमा आयोजना गरिने यस विशेष कार्निभलमा मल्ल होटलले स्वादिष्ट खाना पस्किनेछ भने विभिन्न नेपाली ब्राण्डका बियर, बियर ककटेल, मकटेललगायतका पेय रहनेछन् । बालबालिकाहरुका लागि विशेष खेलहरु हुनेछन् भने डिजे र लाइभ ब्याण्डले रोमान्चक माहौल बनाउनेछन् । ‘जुन बियर कार्निभल’को नाउँमा आयोजना हुने यो कार्यक्रम वियर फेष्टिभल र पारीवारीक कार्निभलको संयुक्त रुप हुनेछ । यो कार्यक्रमको प्रवेश टिकट दर एक हजार रुपैयाँ तोकिएको छ, जसमा एक बोटल वियर निःशुल्क उपलब्ध गराईनेछ भने कार्यक्रमका प्रायोजकले थप भौचरहरु समेत प्रदान गर्नेछन् ।
यस कार्निभलको आयोजनाको लागि निःशुल्क रुपमा होटल उपलब्ध गराएर दि होटल मल्ल स्कुल फर स्पेसल परियोजनामा सहकार्यको हात बढाएको हो । दि मल्ल होटलकी एशोसिएट डाईरेक्टर अनुस्का मल्लले राउण्ड टेबल नेपालको यस योजनामा सहभागि हुन पाउँदा आफु हर्षित भएको बताईन् । डाउन सिन्ड्रोम तथा अटिजम प्रति जनचेतना अभिबृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाहरुको शिक्षा तथा बैयक्तिक विकासमा सहयोगि बन्ने अभिप्रायका साथ राउण्ड टेबलले यूवा लक्षित कार्यक्रमको आयोजना गर्ने भएको हो ।
राउण्ड टेबल नेपालले फ्रिडम थ्रु एजुकेशन शिर्षकमा नेपालको शिक्षा क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । खासगरी सामुदायीक विद्यालयको कक्षा कोठा निर्माणमा अग्रसरता देखाउँदै आएको यस संस्थाको अगुवाईमा ५८ विद्यालयमा ३७३ भन्दा बढी कक्षाहरु र ४० भन्दा बढी ट्वाईलेट ब्लकको निर्माण गरिसकेको छ । हालै बागमती प्रदेश मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकाको फाखेलमा रहेको सिंह भैरब विद्यालयमा दुईवटा कक्षाकोठा तथा कम्प्युटर ल्याबको निर्माण गरि हालै विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया