सूर्या लाइफको बागमती प्रदेशस्तरीय बिजनेस बिल्डिङ सेमिनार
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले बाग्मती प्रदेशस्तरीय बिजनेस बिल्डिङ सेमिनार एक भव्य समारोहको आयोजना गरी करिब तीन सयभन्दा बढी अभिकर्ताहरूमाझ सम्पन्न गरेको छ । बागमती प्रदेशप्रमुख शुशिल चापागाईंको सभपतित्वमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गरेका थिए । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ प्रमुख प्रमोद सापकोटालगायत पेसागत अभिकर्ता संघका अध्यक्ष राम बहादुर तामाङको अतिथ्य रहेको थियो । उक्त कार्यक्रमा जीवन बीमाको अभिन्न अंगको रूपमा मानिने बागमती प्रदेशका अभिकर्ताहरूको उत्साहजनक सहभगिता रहेको थियो ।
कार्यक्रममा २०२३ को एमडीआरटीहरूलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमती प्रदेशअन्तर्गत आफ्नो व्यक्तिगत कोडमा अधिकतम बीमाशुल्क हसिल गर्न सफल २५ जना अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । साथै देशैभरिबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरूबाट लक्की ड्र गरी तीन जना भाग्यशाली विजेताहरूको घोषणा गरिएको थियो । लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसीले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितीय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रञ्जिता बुढाथोकीले तृतीय पुरस्कार मोबाइल जित्न सफल भएका थिए ।
जीवनबीमा क्षेत्रमा अभिकर्ता पेसालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरूप सूर्या लाइफले ‘मेरो पहिलो पोलिसी’ अभियान सुरु गरेको छ । जसअन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस् भन्ने कामनासहित नयाँ अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । उक्त भव्य समारोहमा विजेता सम्पूर्णलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्मान गर्नुका साथै प्रमाणपत्र, मायाको चीनो र पुरस्कार वितरण गरेका थिए ।
बागमती प्रदेश प्रमुख शुशिल चापागाईं, वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बीमा बजारको हालको अवस्था, चुनौती र समाधानका साथै मार्केटिङसम्बन्धी तलिमहरू दिएका थिए । प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कुनै पनि व्यावसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता ३ महत्वपूर्ण मन्त्र रहेको कुरा जानकारी गराए । उक्त कार्यक्रमबाट आफूले गरिरहेको भन्दा पृथक मार्केटिङ टेक्निक र ज्ञान हसिल गरेको र यसले आगामी दिनमा व्यवसाय वृद्धिको लागि थप ऊर्जा र उत्साह मिलेको कुरा त्यहाँ उपस्थित अभिकर्ताहरूले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया