Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

ज्योति विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट


काठमाडौं । ज्योति विकास बैंकले पोखरास्थित फेवाताल किनारा र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकारसँग केबलकार टिकटमा बैंकका ग्राहकहरूलाई १० प्रतिशत छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले सो छुटको लाभ उठाउन पाउनेछन् । सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले भिषा डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशका अन्य विभिन्न व्यवसायहरूसँगको सहकार्यमा ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ । बैंकले हाल एक सय १७ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ६४ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x