श्रीलंकामा अघिल्लो बर्षभन्दा बढी धान रोपाइँ हुने
कोलम्बो । श्रीलंकाका किसानहरूले रोपाइँको समयमा खेती गरिने औसत भूमिभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ गरेको एक मन्त्रीले सोमबार सञ्चारकर्मीलाई बताएका छन् ।
सरकारले आर्थिक संकट बढिरहेका समय खाद्यान्न संकटलाई न्यून बनाउन किसानहरूलाई बढीभन्दा बढी खेती गर्न आग्रह गरेको कृषि मन्त्री महिन्दा अमरावीराले बताए ।
खाद्यान्नको अभावसँगै भएको मूल्य वृद्धिपछि किसानहरूले सकेसम्म बढी खेती गरिरहेको पाइएको बताए । श्रीलंकामा ‘याला’ अर्थात् यो मौसममा किसानहरूले औसतमा चार लाख हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने गर्थे भने अहिले करिब पाँच लाख हेक्टर जमिनमा रोपाइँ भएको अनुमान गरिएको छ । ‘यसले गर्दा मौसमले साथ दिएमा श्रीलंकाले करिब दुई महिनाको लागि मात्र चामल आयात गर्नुपर्ने हुनसक्छ’, उनले भने ।
श्रीलंकाले २०२१ अप्रिलमा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको र यसले गत वर्षको कृषि उत्पादन ह्वात्तै घटेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया