इलेक्ट्रोनिक तथा मोबाइल व्यापार खस्कँदै
दोलखा । जिल्लामा करिब दुई सयको हाराहारीमा इलेक्ट्रोनिक तथा मोबाइल पसल रहेका छन् । कोरोना भाइरसको महामारीअघि दैनिक करोडौँको कारोबार हुने जिल्लाका ठूला इलेक्ट्रोनिक तथा मोबाइल व्यवसायीहरू अहिले व्यापार खस्कँदै गएपछि व्यवसाय छोड्ने कि गर्ने भन्ने अन्योलमा परेका छन् ।
सदरमुकाम चरीकोट बजारकै व्यापारीहरू कोरोनापछि व्यापार घटेकाले बैंकको किस्ता र घरभाडा तिर्न नै समस्या भएको बताउन थालेका छन् । अहिले बजार र व्यापार सुनसान बन्दा पसलको घरभाडा र बैंक, सहकारीको ऋण तिर्न समस्या भएको कम्प्युटर इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक तथा फोटो व्यवसायी संघ चरीकोटका कोषाध्याक्ष कुमार कार्कीले बताए । कार्कीले सदरमुकाम चरीकोटमा डिलरको रूपमा बेस मोबाइल सेन्टरबाट मोबाइलको कारोबार गर्दै आएका छन् । कोरोना महामारी सुरु हुनुअघि दैनिक पाँचदेखि आठ लाखसम्मको कारोबार हुने गरे पनि महामारीपछि मोबाइलको माग घटेकाले व्यापार पनि ह्वात्तै घटेको उनले बताए । चुनावको समयमा पनि आशातित व्यापार हुन नसकेको उनले सुनाए ।
इलेक्ट्रोनिक क्षेत्रको व्यापार घट्नुको मुख्य कोरोना महामारी, आर्थिक मन्दी र प्रतिस्पर्धाको रूपमा धेरैले एउटै व्यवसाय गर्नु रहेको उनको भनाइ छ । पछिल्लो समय मोबाइलको व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा मौलाएको उनले बताए । दोलखाको सदरमुकाम चरीकोट मात्र करिब सानाठूला तीन दर्जनभन्दा बढी मोबाइल व्यवसायी रहेका छन् । चरीकोटकै अर्का मोबाइल व्यापारी धिराज पाण्डे महामारीपश्चात् अन्य क्षेत्रको व्यवसायमा आंशिक सुधार देखिए पनि मोबाइलको व्यापार झनै खच्किँदै गएको बताउँछन् । बजारको चोकमै पसल भए पनि व्यापार दैनिक घट्दै गएको उनले सुनाए ।
जिल्लाका अन्य ग्रामीण बजारमा पनि मोबाइल तथा रेडियो घडी र टर्च लाइटको व्यापार ठप्प भएको व्यवसायीहरू बताउँछन् । जिल्लाको मैनापोखरी, जिरी, सिंगटी र माघादेउराली बजारमा पनि इलेक्ट्रोनिक क्षेत्रको व्यापार घट्दै गएको छ । दोलखामा कोरोनापछि फेन्सी व्यवसाय, होटल– रेस्टुरेन्ट र पर्यटन क्षेत्रको व्यवसायमा केही सुधार देखिए पनि इलेक्ट्रोनिकतर्फको व्यवसायमा सुधार आउन नसकेको व्यापारीहरूले बताएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया