‘बजेटमा उल्लिखित कर नीतिले निजी क्षेत्रलाई थप धराशायी बनाउँछ’
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बजेटमा उल्लिखित कर नीतिले निजी क्षेत्रलाई थप धराशायी बनाउने जनाएको छ । यस्तै चेम्बरले विद्युतीय सवारीमा करवृद्धि गर्ने निर्णय फिर्ता गर्न तथा भन्सार नाकामा एलसी तथा बैंकिङ कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेजी गर्न माग गरेको छ ।
बजेटमा आफूहरुले दिएको सुझाव नसमेटिएको भन्दै चेम्बरले अर्थमन्त्री जनार्दन शर्मालाई सातबुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । परिवत्र्य विदेशी मुद्राको सटही दरमा वृद्धि तथा बढ्दो मूल्यवृृद्धिको दृष्टिकोणले मूल्यअभिवृद्धि कर प्रयोजनका लागि हाल कायम भएको ५० लाखको सिलिङ निकै कम भएकाले भ्याटको थ्रेसहोल्ड एक करोड रुपैयाँ पु-याउनुपर्ने चेम्बरको माग छ । स्वदेशमै उत्पादित विद्युत्लाई उपयोग गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने उद्घोष गरिरहँदा विद्युतीय सवारीमा थप भन्सार तथा अन्तःशुल्क व्यावहारिक नभएको चेम्बरले बताएको छ ।
सरकारले बजेटमा निर्यात प्रोत्साहनको नीति अवलम्बन गरे पनि यसको व्यावहारिक कार्यान्वयनमा चेम्बरले प्रश्न उठाएको छ । निर्यात प्रवर्द्धनका लागि आठ प्रतिशत नगद अनुदानको व्यवस्था साना तथा मझौला उद्योगी एवं घरेलु र हस्तकलासँग सम्बन्धित उद्योगीलाई भ्यालु एड अनुसार नगद अनुदानको व्यवस्था प्रभावकारी ढंगले गर्न चेम्बरले अर्थमन्त्री शर्मासँग माग गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सले भुक्तानी सन्तुलनलाई कायम गरी आयातलाई व्यवस्थित र निर्यातलाई प्रोत्साहन गरेर निजी क्षेत्रलाई सहज ढंगले व्यवसायको वातावरण बनाउन पनि अर्थमन्त्री शर्माको ध्यानकर्षण गराएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया