लामाबगर हुँदै चीनको सीमा जोड्ने सडक र जिरीमा कृत्रिम ताल निर्माण गर्न २५ करोड विनियोजन
काठमाडौं । बागमती प्रदेश सरकारले दोलखाको लामाबगर हुँदै चीनको सीमा जोड्ने सडक र जिरीमा कृत्रिम ताल निर्माण गर्नको लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बागमती प्रदेशको प्रदेशसभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै उक्त योजनालाई बजेट विनियोजन गरेको जानकारी दिए । जिल्लाको विगू गाउँपालिकाको लामाबगर हुँदै चीनको सीमा जोड्ने सडक निर्माण तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको अध्ययनअनुसार उक्त नाका खुलाउन करिब डेढ अर्ब लाग्ने देखाएको छ ।
लामाबगर नाका खुलाएर दोलखा हुँदै रामेछाप, सिन्धुली बर्दिबास र भिटामोडसम्म जोडेर लामाबगर सितामढी चल्ने उत्तर दक्षिण जोडिने प्रमुख मार्गका रूपमा यो सडकलाई विकास गर्ने सरकारको योजना छ । त्यसैगरी प्रदेश सरकारले जिरीमा मानव निर्मित ताल निर्माणका लागि १५ करोड बजेट विनियोजन गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया