Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमईको जोड्दै छ नाता अफर सार्वजनिक

आईएमईको जोड्दै छ नाता अफर सार्वजनिक


काठमाडौं । इन्टरनेशनल डे अफ फेमिलि रेमिट्यान्सको अवसरमा आईएमईले सेवाग्राहीमैत्री ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार इन्टरनेशनल डे अफ फेमिली रेमिट्यान्सलाई लक्षित गरी आईएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति २२ हजार रुपैयाँ (करबाहेक) उपलब्ध गराउनेछ । यो अफर इन्टरनेशनल डे अफ फेमिली रेमिट्यान्सका रुपमा मनाइने १६ जुन २०२२ एक दिनका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले विदेशमा श्रम गर्न जाने करोडौँ नागरिकहरूले रेमिट्यान्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मानस्वरूप यो दिनलाई विशेष दिनको मनाइँदै आइएको हो । विकासोन्मुख देशहरूका लागि रेमिट्यान्स जीवन निर्वाहको मुख्य स्रोत हो । यसरी व्यक्तिले प्राप्त गर्ने रेमिटेन्स देशको अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x