हाइफ्युचरद्वारा फ्युचरफिट जोन स्मार्टवाट र फ्लाइबड्स प्रो सार्वजनिक
काठमाडौं । हाइफ्युचरले उपभोक्ताको जीवनशैली अपग्रेड गरी आफ्नो समयतालिकामा सहज तरिकाले समन्वय गर्नसक्ने हिसाबले ग्याजेट सार्वजनिक गर्दै नेपालमा एउटा पावर–प्याक्ड सिजनको सुरुवात गर्न लागेको छ । कम्पनीले मानिसहरुको जीवन सकारात्मक रुपमा अझ सहज बनाउन प्रविधिले भरिपूर्ण शानदार उत्पादनहरु सार्वजनिक गर्दै आएको छ ।
कम्पनीले हालै नेपालमा फ्युचरफिट जोन स्मार्टवाट र फ्लाइबड्स प्रो सार्वजनिक गरेको छ । कम्पनीका अनुसार फ्युचरफिट जोन तथा फ्लाइबड्स प्रो विश्व बजारमा हालै सार्वजनिक भएका र २०२२ मा सबैभन्दा बढी बिक्री भएकामध्येका स्मार्टवाच र टीडब्लूएस इयरबड हुन् । यिनीहरु शानदार फिचरयुक्त सुपथ मूल्यका स्मार्टवाच र इयरबड हुन् ।
फ्युचरफिट जोन तथा फ्लाइबड प्रोले हरेक व्यक्तिले अपेक्षा गरेअनुसारको जीवनशैली प्रदान गर्छ । फ्युचरफिट जोनमा १.६९ इन्चको डिस्प्ले, २४८७ एसपीओ२ मनिटरिङ २० वटा अलग अलग स्पोर्ट्स मोड रहेका छन् भने यसमा भएको अग्मेन्टेड भ्यूइङ एक्सपेरियन्सले सबैलाई आश्चर्यचकित बनाउँछ । लामो समय टिक्ने ब्याट्री तथा वाटर रेजिस्टेन्ट प्रविधिका कारण पानीबाट सुरक्षित रहने र जस्तोसुकै अवस्थामा लगाउन सकिने यो ग्याजेटको मूल्य पाँच हजार चार सय ९९ रुपैयाँ तोकिएको छ ।
यस्तै कम्पनीको सबैभन्दा बढी रुचाइएको उत्पादन फ्लाइबड्स प्रो इयरबडले पनि कम्पनीलाई विश्व बजारमा शानदार प्रदर्शनका लागि सशक्तीकरण गरिरहेको छ । कम्पनीले कलरको वरपरबाट आउने आवाजलाई फिल्टर गरेर बिल्ट–इन ४माइक वातावरणीय न्वाइज क्यान्सलिङ प्रविधियुक्त उत्पादन डेलिभरी गर्ने प्रयास गरेको छ । यसको मूल्य तीन हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया