आयल निगमलाई डिजेलमा प्रतिलिटर ३७ र पेट्रोलमा ३१ रुपैयाँ घाटा
काठमाडौँ । भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार नेपाल आयल निगमलाई डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा र पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा देखिएको छ । नेपालले भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने गरेको छ ।
भारतीय आयल कर्पोरेसनले नेपाललाई महिनाको दुईपटक १५/१५ दिनमा अन्तर्राष्ट्रिय मूल्यअनुसारको मूल्यसूची पठाउने गर्छ । सोहीअनुसार नेपाल आयल निगमले मूल्य समायोजन गरेमा मात्र उसलाई घाटा लाग्नेछैन । तर, नेपालमा निगमले स्वचालित मूल्य तोक्न सकिरहेको छैन ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भइरहेको कारण नेपाल पनि त्यसको मारमा परेको छ । पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुको प्रमुख कारणको रुपमा रुस–युक्रेन युद्धलाई लिइएको छ । विश्वका अधिकांश देशले रुससँग पेट्रोलियम पदार्थ खरिद नगरेको कारण बजारमा मागअनुसार आपूर्ति हुनसकेको छैन । सोही कारण मूल्यवृद्धि भइरहेको हो ।
पेट्रोल र डिजेलसँगै आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँ ७० पैसा घाटामा छ भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर सात सय ५१ रुपैयाँ १४ पैसा घाटामा छ । अन्तर्राष्ट्रियतर्फका हवाइ इन्धन र मट्टितेलमा मात्र आयल निगम नाफामा छ । निगमका अनुसार मट्टितेल प्रतिलिटर १७ रुपैयाँ एक पैसा र बाह्य उडानतर्फको हवाइ इन्धन प्रतिलिटर ४४ रुपैयाँ ६३ पैसा नाफामा छ ।
भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूचीअनुसार निगमले भारतबाट पेट्रोल प्रतिलिटर दुई सय नौ रुपैयाँ २८ पैसामा खरिद गरेर हाल एक सय ७८ रुपैयाँमा बिक्री गर्दै आएको छ । त्यस्तै, डिजेल दुई सय दुई रुपैयाँ छ पैसामा खरिद गरेर एक सय ६५ रुपैयाँमा बिक्री गरिरहेको छ । त्यस्तै, मट्टितेल एक सय ४७ रुपैयाँ ९९ पैसामा खरिद गरेर एक सय ६५ रुपैयाँमा बिक्री गरिरहेको छ ।
आन्तरिकतर्फको हवाइ इन्धन प्रतिलिटर एक सय ६८ रुपैयाँ ७० पैसामा खरिद गरेर एक सय ६६ रुपैयाँमा बिक्री गरिरहेको छ । बाह्य उडानको हवाइ इन्धन प्रतिलिटर एक सय ४७ रुपैयाँ ८९ रुपैयाँमा खरिद गरेर एक अमेरिकी डलर पाँच सय ४५ सेन्टमा बिक्री गरिरहेको छ । एलपी ग्यास प्रतिसिलिण्डर २५ सय ५१ रुपैयाँ १५ पैसामा खरिद गरेर १८ सयमा बिक्री गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया