निफको छैठौँ संस्करणको आवेदन खुल्ला
काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) को छैठौँ संस्करणको लागि फिल्म आवेदन खुल्ला गरिएको छ । बुधबारदेखि फिल्म आवेदन खुल्ला गरिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।
कथाहरुको उत्सव भन्ने नारासहित विगत छ वर्षदेखि नियमित रुपमा आयोजना भइरहेको निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड चलचित्रको सातवटा विधामा आवेदन दिन सकिनेछ । राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन भर्न पाइन्छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि शुल्क लाग्नेछ भने राष्ट्रिय प्रतिस्पर्धाको लागि निःशुल्क रुपमा आवेदन दिन पाउने बताइएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियका सबै आवेदनहरु अनलाइन प्लेटफर्म फिल्मफ्रिवे डट कम/निफ २०२३ मार्फत पुस १० गतेसम्म दिन पाइनेछ । साथै छैटौ निफ २०२३ आगामी चैत २ गतेदेखि ६ गतेसम्म काठमाडौंमा हुनेछ ।
पाठकका अनुसार निफमा आवेदन दिनको लागि फिचर फिल्मको लम्बाइ ६० देखि १२० मिनेट, सर्ट फिल्म ३० मिनेटभन्दा कम र डकुमेन्ट्री ६० मिनेटभन्दा कम समयको हुनुपर्नेछ । यस्तै फेष्टिभलले निर्धारण गरेको मापदण्डअनुसार फिल्म पेश गर्नुपर्नेछ । मापदण्ड उल्लंघन गर्ने चलचित्रहरू अस्वीकार गरिने उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- गाउँमा मलामी नपाउने अवस्था
- झापामा सात करोडको सौर्य विद्युत् उत्पादन
- सात जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण
- ‘नेपालमा सहरीकरणको समस्या समाधानमा विश्व समुदायको ध्यानाकर्षण’
- एमाले नेता पोखरेल जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी
- कोशीका निवर्तमान मन्त्री अधिकारी मानव तस्करीमा संलग्न !
- हवाई भाडा पुरानो दरमा कायम नगरे उडान बन्द गर्ने चेतावनी
- वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा झण्डै चार प्रतिशत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया