Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपुन: ओरालो लाग्यो सेयर बजार

पुन: ओरालो लाग्यो सेयर बजार

सात दशमलव ५६ अंकले घट्दा ७३ करोडको सेयर कारोबार, अबदेखि सातामा छ दिन नैं सेयर कारोबार हुने


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १२ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार भने सात दशमलव ५६ अंकले ओरालो लागेर १९ सय ७१ दशमलव ३८ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज शुन्य दशमलव ६९ अंकले ओरालो लागेर तीन सय ८१ दशमलव १४ बिन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन । जसअनुसार १५ हजार एक सय ६२ पटकको कारोबारमा २३ लाख ५४ हजार नौं सय ११ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम ७३ करोड ६२ लाख ३५ हजार दुई सय ९८ रुपैंयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी १२ वटा समुहहरुको सुचक ओरालो लागेका छन् । यसैबिच नेप्सेले अबदेखि सातामा छ कार्य दिन नैं धितोपत्रको दोस्रो बजार कारोबार खुल्ला हुने जानकारी दिएको छ ।

सरकारले यही असार एक गते देखि शुक्रबारको सार्वजनिक बिदा खारेज गरे संगै नेप्सेले पनि सातामा छ कार्य दिन नैं नेप्से खुल्ला गर्ने जानकारी दिएको छ । सो अनुसार अबदेखि आईतबार देखि बिहिबारसम्म ११ बजेदेखि तीन बजेसम्म र शुक्रबार ११ बजेदेखि एक बजेसम्म धितोपत्रको दोस्रो बजार कारोबार खुल्ला हुने जानकारी नेप्सेले दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x