विराट एक्स्पोमा कृषिका स्टलमा उपभोक्ताको भीड
विराटनगर, फागुन ८
विराटनगरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका नौला उत्पादनहरूमा उपभोक्ताले रुचि देखाएका छन् । उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पोमा राखिएका एभोकाडो, खरायो, अर्गानिक तरकारी, चियालगायतका कृषि उपजमा उपभोक्ताको आकर्षण देखिएको छ । खरायो हेर्न र पालन गर्न आउनेहरू धेरै रहेको उदयपुरबाट खरायोको स्टल लिएर आएका हेमन्त भण्डारीले बताए । खरायो मासुका लागि पालन गरिने भए पनि नेपालमा खरायोको मासुका फाइदाका विषयमा उपभोक्तालाई ज्ञान नहुँदा खरायोलाई सौन्दर्यका लागि मात्रै पाल्ने चलन रहेको उनले बताए ।
विगत एक वर्षदेखि व्यावसायिकरूपमा खरायो पालन गर्दै आउनुभएका भण्डारीले खरायो पालनबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको जानकारी दिए । एक्स्पोमा राखिएको चियाका स्टलमा पनि उपभोक्ताको रुचि उत्तिकै देखिएको छ । विशेषगरी ग्रीन टीका विषयमा उपभोक्ताको धेरै चासो देखिएको व्यवसायीले बताए । ग्रीन टीका थुप्रै फाइदा रहेकाले पनि उपभोक्तालाई यसका विषयमा जानकारी दिनु आवश्यक रहेको छ । धनकुटाबाट ल्याइएको एभोकाडो किन्न उपभोक्ताले हानाथाप नै गरेको व्यवसायीले बताएका थिए । उनले प्रदर्शनीका लागि ल्याएको एभोकाडो बिक्री भइसकेको छ ।
एभोकाडोको माग धेरै भए पनि आफूहरूसँग बिक्रीका लागि थप एभोकाडो नभएको बताए । मोरङको सिंहदेवीका चिया उद्योगी नारायण राईले अर्गानिक चिया र तरकारीबारे जान्न र बुझ्न आउनेको धेरै भीड रहेको बताए । एक्स्पोमा कृषिका नयाँ उत्पादन हेर्न मात्रै नभई स्वस्थ्यका लागि उपयोगी ज्ञानसमेत पाइएको उपभोक्ताले बताएका छन् । यता एक्स्पोमा राखिएका कृषिजन्य उपजका स्टलहरूमा उपभोक्ताको रुचि देखिएको प्रचार समिति संयोजक नन्दकिशोर राठीले बताए । विशेषगरी नयाँ खालका एभोकाडो, किबीलगायतका कृषि उपजमा उपभोक्ताको रुचि देखिएको छ । राठीले हालसम्म पाँच करोड बढीको कारोबार भइसकको र दैनिक २० हजार बढीले एक्स्पोको अवलोकन गर्दै आएको जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया