Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहवाइ र सार्वजनिक यातायातको भाडा बढ्यो

हवाइ र सार्वजनिक यातायातको भाडा बढ्यो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाइ र सार्वजनिक सवारीसाधनको भाडादरमा वृद्धि गरिएको छ । इन्धन महँगिएसँगै हवाइ र सार्वजनिक सवारीसाधनको भाडा उच्च दरले वृद्धि गरिएको छ । नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक हवाइ सेवाको भाडा र यातायात व्यवस्था विभागले अन्तप्र्रदेश यात्रुवाहक तथा मालवाहक यातायातमा भाडादर वृद्धि गरेको हो ।

नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाइ सेवाको भाडा वृद्धि गरेको जनाएको छ । संघले आन्तरिक हवाइ उडानको फ्युल चार्ज न्यूनतम एक सय ७० रुपैयाँदेखि अधिकतम आठ ४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यअनुसार सबैभन्दा कम काठमाडौँ–सिमरा १७० रुपैयाँले बढेको भाडाअनुसार अधिकतम चार हजार एक सय ९५ रुपैयाँ तोकिएको छ ।

यसैबीच काठमाडौं–माउन्टेन फ्लाइट छ सय ५५ रुपैयाँले बढ्दा १४ हजार सात सय २० रुपैयाँ, काठमाडौं–भद्रपुर ५७० ले बढ्दा १२ हजार आठ सय पाँच रुपैयाँ, काठमाडौं–विराटनगर चार सय ५५ ले बढ्दा १० हजार ८० रुपैयाँ, काठमाडौं–जनकपुर दुई सय ४५ रुपैयाँले बढ्दा पाँच हजार सात सय ९५ रुपैयाँ, काठमाडौं–भरतपुर दुई सयले बढ्दा चार हजार नौ सय ३५ रुपैयाँ, काठमाडौं–पोखरा तीन सयले बढ्दा छ हजार नौ सय पाँच रुपैयाँ, काठमाडौं–भैरहवा तीन सय ९५ ले बढ्दा आठ हजार पाँच सय ७५, काठमाडौं–नेपालगञ्ज ६२० ले बढ्दा १३ हजार आठ सय १५ रुपैयाँ, काठमाडौं–धनगढी आठ सय ४० ले बढ्दा १६ हजार आठ सय पाँच रुपैयाँ, काठमाडौं–तुम्ङिलटार तीन सय ५० ले बढ्दा आठ हजार एक सय १० रुपैयाँ र काठमाडौं–सिमरा एक सय ७० रुपैयाँले बढ्दा चार हजार एक सय ९५ रुपैयाँ तोकिएको छ । निगमका अनुसार हवाइ इन्धन आन्तरिकतर्फ १९ रुपैयाँ र बाह्य उडानतर्फको हवाइ इन्धनमा प्रतिकिलोलिटर एक सय अमेरिकी डलरले वृद्धि गरेको छ । यता, इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप यातायात व्यवस्था विभागले अन्तप्र्रदेश यात्रुवाहक तथा मालवाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ ।

अन्तप्रदेश सार्वजनिक यात्रुवाहक सवारीसाधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ६.९४ तथा तराईमा चल्ने मालवाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत् रहनेछ । गए राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल÷मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो । हाल पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सोअनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ । वृद्धि भएको भाडादर अनुरुप यात्रुहरुले अबदेखि पाँच सय रुपैयाँदेखि तीन हजार रुपैयाँसम्म तिनुपर्ने हुन्छ ।

रसिया–युक्रेन युद्धका कारण इन्धनको मूल्य बढेको बताउने निगमले आइतबार राति १२ बजेदेखि लागू हुने जनाएको छ । डिजेल÷पेट्रोलको मूल्यमा वृद्धि गरेको उसले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । हवाइ र सार्वजनिक सवारीसाधनको भाडादरमा वृद्धि गरेसँगै यसको मारमा भने सर्वसाधारणहरु पर्ने निश्चित भएको छ । कोभिड–१९ महामारी र रसिया–युक्रेनको युद्धका कारण मुलुकको अर्थतन्त्र प्रभावित बन्न पुगेको छ । जसको असर हरेक क्षेत्रमा पर्दा नागरिकहरुको आयस्रोत बढ्नसकेको छैन । यस्तो अवस्थामा यातायात क्षेत्रको भाडादर वृद्धिले नागरिकहरु थप मारमा पर्ने छन् । सरकारले यसको नियन्त्रण तथा समाधानको लागि अग्रसरता देखाउनु आवश्यक रहेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x