व्यक्तिगत घर निर्माणमा बैंकहरुको साढे दुई खर्ब लगानी
सुरेश राउत
काठमाडौं, फागुन ८
व्यक्तिगत आवास निर्माण बैंक तथा फाइनान्स कम्पनीहरुले कर्जा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैकका अनुसार चालू आर्थिक बर्षको मंसिर मसान्तसम्ममा २७ वटा वाणिज्य बैंक, २४ वटा विकास बैक र २२ फाइनान्स कम्पनी सहितका ७३ वटा संस्थाहरुले व्यक्तिगत आवास शिर्षक अर्थात होम लोनमा मात्र दुइ खर्ब ५१ अर्ब ८१ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुको यस्तो कर्जा रकम दुई खर्ब १६ अर्ब ५७ करोड १८ लाख २० हजार रुपैयाँ रहेको छ । व्यक्तिगत आवास बाहेक घरजग्गा अर्थात रियलस्टेट क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरुले छुट्टै एक खर्ब ५९ अर्ब ३२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा रियलस्टेट क्षेत्रमा प्रवाह भएको कर्जा रकम एक खर्ब ४७ अर्ब ४४ करोड १७ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनामा वाणिज्य बैंकहरुले मात्र होम लोन शिर्षकमा एक खर्ब ९९ अर्ब ५८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने रियलस्टेट क्षेत्रमा छुट्टै एक खर्ब ३१ अर्ब ७१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुको यस्तो कर्जा क्रमश एक खर्ब ७५ अर्ब ९२ करोड ७५ लाख ६० हजार रुपैयाँ तथा एक खर्ब १८ अर्ब ६९ करोड ४३ लाख ६० हजार रुपैयाँ रहेको थियो ।
विकास बैंकहरुले भने चालू आवको पाँच महिनामा होम लोन शिर्षकमा ४३ अर्ब ३७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने रियल स्टेट क्षेत्रमा छुट्टै नै २० अर्ब ४२ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा विकास बैंकहरुको यस्तो निक्षेप तथा कर्जा रकम क्रमश ३२ अर्ब सात करोड ८२ लाख ९० हजार एवं २१ अर्ब ८० करोड १० लाख रुपैयाँ रहेको थियो । फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो पाँच महिनाको अवधिमा व्यक्तिगत आवास क्षेत्रमा सात अर्ब १८ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने घरजग्गा क्षेत्रमा दुई अर्ब ११ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुले व्यक्तिगत आवास शिर्षकमा आठ अर्ब ५६ करोड ६० लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा रियलस्टेट क्षेत्रमा भने फाइनान्स कम्पनीहरुले छुट्टै छ अर्ब ९४ करोड ६६ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया