सामसुङको एक्सचेन्ज सुविधा
काठमाण्डौँ,फागुन ८
सामसुङ मोबाइलका लागि आधिकारिक बिक्रेता आईएमएसले आफ्ना अधिकांश आईएमएस स्मार्ट शोरुमहरुमा सामसुङ एक्सचेन्ज सुविधा
ल्याएको छ ।
यस सुविधाअन्तर्गत सामसुङका प्रयोगकर्ताहरुले नयाँ सामसुङ स्मार्टफोनका लागी आफ्नो पुरानो सामसुङ स्मार्टफोनहरु एक्सचेन्ज गर्न सक्नेछन् । साथै ग्राहकहरुले अब आफ्ना पुराना सामसुङ स्मार्टफोनहरुमा राम्रो मूल्यांकन प्राप्त गर्न सक्नेछन्् । यो सुविधा लिन इच्छुक ग्राहकहरूले आईएमएस स्मार्ट आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनुपर्नेछ ।
कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्यांकन वेब पोर्टलमार्फत दिनेछ साथै एक्सचेन्ज फारम भर्न अनिवार्य छ । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो सामसुङ स्मार्टफोनको सट्टामा नयाँ सामसुङ स्मार्टफोन छनौट गर्न सक्नेछन् । कम्पनीका अनुसार काठमाडौंको न्युरोड, रोयल सिङ्गी होटेल आर्केड, कमलादी, पिपल्स प्लाजा, खिचापोखरी, शेर्पामल, दरवारमार्ग, पीपलबोट चोकको नजिक, बौद्धको आउटलेट तथा ललितपुरको अल्का अस्पतालनजिक, जावलाखेलबाट उक्त सेवा लिन सकिनेछ । साथै कम्पनीले क्रमशः अन्य स्थानहरूमा पनि सुविधा विस्तार गरिने बताएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया