Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो ए१६के नेपाली बजारमा उपलब्ध

ओप्पो ए१६के नेपाली बजारमा उपलब्ध


काठमाण्डौं । ओप्पो ए१६के तीन जीबी -याम तथा ३२ जीबी रोम र चार जीबी -याम तथा ६४ जीबी रोम लार्ज मेमोरी र स्टोरेजका साथ अब नेपाली बजारमा उपलब्ध भएको छ । तीन जीबी भेरियन्टको मूल्य १५ हजार नौ सय ९० रुपैयाँ र चार जीबी भेरियन्टको मूल्य १७ हजार नौ सय ९० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

पछिल्ला केही वर्षहरुमा प्रविधिको विकासले विश्व र मानव जीवनमा नवीनतम परिवर्तन ल्याइरहेको छ । ओप्पोले थ्री डी स्लिक डिजाइन, उत्पादन प्रक्रिया, स्टाइलिस र टिकाउ उपकरण उत्पादन गर्दै ओप्पो ए१६केको १६.६६ सेमी ६.५२ एचडी वाटरड्रप स्क्रिनलाई थप परिमार्जित र १६००×७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ, जहाँ चार गोलाकार कुनाहरुलाई पोइन्ट कर्नरहरुका रुपमा लिइएको छ । यो ४२३० एमएएच लामो समयसम्म चल्ने ब्याट्रीले सुसज्जित छ । यो फोनको रियर क्यामेरामा कस्मोपोलिटन, ऐस्ट्रल र ड्याजल सहित तीन नयाँ नाइट फिल्टर सुविधा थप गरिएको छ । यी सबै प्रयोगकर्ताहरुलाई सुन्दर, व्यावसायिक शटहरु खिच्न मद्दत गर्न डिजाइन गरिएको हो । यसमा पाँच एक्स डिजिटलजुमको साथ १३ एमपी फ्रन्ट क्यामेरा छ । यसले प्रयोगकर्ताहरुलाई उत्पादनशील र मनोरञ्जन गर्न आवश्यक परेको बेला थप क्षमता गर्दछ ।

साथै यसमा भिडियो प्यारामिटरहरु, भिडियो फिल्टर शैलीहरु सोलोप सम्पादन सुविधाहरु पनि पाईन्छ, यसमा सफ्ट, आफ्टरनुन, लाइट फिल्म, रिच, प्योर, प्लेन, नोस्टाल्जिक, वेस्टर्न, ट्वाइलाइट र मोनोक्रोमजस्ता १० फिल्टरहरु समावेश छन् । सोलोप सम्पादनमा संगीत, सम्पादन, उपशीर्षक र फिल्टरहरु पहिचान गर्न सकिन्छ । यसबाहेक, यसले आफ्नो एआई ईन्जिन मार्फत दृश्यको चमक र रङ्ग पुनस्र्थापना गर्दछ । फोटो थप जीवन्त र प्राकृतिक देखाउन इमेज र त्यसपछि इमेज रङ्गहरु पुन : निर्माण गर्न पिक्सेल स्तरको कलर म्यापिङ एल्गोरिथम प्रयोग गरिएको छ । यहाँ ब्याक क्यामेराको लागि तीनवटा नयाँ नाइट फिल्टरहरु छन् । ओप्पो ए१६ केकोे मुनलाइट डिस्प्ले, सनलाइट डिस्प्ले र एआई स्मार्ट ब्याकलाइर्टले दिनभर प्रयोगकर्ताको आँखाको ख्याल राख्छ । साथै, सामाजिक मिडिया ब्राउज चलाउँदा वा गेम खेल्दा ल्याग–फ्रि स्मुथनेसको लागि सिस्टम बुस्टर सफ्टवेयर अप्टिमाइजर, अक्टा–कोर चिपका साथै एक टिभीसम्म स्टोरेज बढाउन सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x