Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबोइङको नयाँ विमानको इन्धन ट्यांकीभित्र भेटियो टुक्राटाक्री

बोइङको नयाँ विमानको इन्धन ट्यांकीभित्र भेटियो टुक्राटाक्री


एजेन्सी अमेरिका, फागुन ८

अमेरिकी विमान निर्माता बोइङको ७३७ म्याक्स श्रेणीका नयाँ विमानको इन्धन ट्यांकीमा फलामका टुक्राटाक्री फेला परेको छ । बीबीसीका अनुसार सोही मोडलका दुई विमान दुर्घटनाबाट विश्वभर ग्राउन्डेड अवस्था सामना गरिरहेको कम्पनीका लागि यसले फेरि अप्ठ्यारोमा पारिदिएको हो । उक्त टुक्राहरु फेला परेसँगै सुरक्षा सवाल खडा भएको बताइएको छ ।

इन्धन ट्यांकीभित्र धेरै नयाँ विमानमा फलामका टुक्राटाक्री फेला परेको हो । ती विमानहरु विमान सेवा कम्पनीहरुको मागमा निर्माण भएका र हस्तान्तरण हुँदै थिए । बोइङका ७३७ कार्यक्रमका प्रमुखले नयाँ घटनलाई अस्वीकार्य भनेका छन् ।बोइङका प्रवक्ताले भने उक्त श्रेणीका विमानहरु सेवा फर्किनलाई कुनै मुद्दा नभएको बताए । इन्धन ट्यांकीमा विदेशी वस्तुका टुक्राहरु पाइएको बताइएको छ । नयाँ घटनापछि कम्पनीले उत्पादन प्रणालीबारे अनुसन्धान गर्ने बताएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x