Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकस्तरीय कारोबार बढ्यो

बैंकस्तरीय कारोबार बढ्यो

६१ वटा संस्थाले १० महिनामा गरे २७ खर्ब ३९ अर्ब रुपैयाँको अन्तरबैंक कारोबार


काठमाडौं । बैंकिङ क्षेत्रमा अन्तरबैंक कारोबार रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ६१ वटा संस्थाहरुले २७ खर्ब ३९ अर्ब ८७ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् ।

चालू आवको १० महिनामा वाणिज्य बैंकहरुको मात्र २४ खर्ब ५४ अर्ब ७८ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को दुई खर्ब ८५ अर्ब ९ करोड गरी कुल २७ खर्ब ३९ अर्ब ८७ करोडको अन्तर–बैंक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो पटकको अन्तर बैंक कारोबार रकम गत आवको सोही अवधिको तुलनामा झण्डै दोब्बरले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरुको ११ खर्ब ५६ अर्ब र अन्य वित्तीय संस्थाहरुको एक खर्ब ६४ अर्ब ९६ करोड गरी कुल १३ खर्ब २० अर्ब ९७ करोड अन्तर बैंक कारोबार भएको थियो ।

चालू आवको पछिल्लो १० महिनामा अन्तर बैंक कारोबार बढेकै आधारमा ब्याजदरमा दबाब देखिएको छ । जसअनुसार २०७८ वैशाखमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर दुई दशमलव २८ प्रतिशत रहेकोमा २०७९ वैशाखमा आठ दशमलव ३० प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ वैशाखमा चार दशमलव १२ प्रतिशत रहेकोमा २०७९ वैशाखमा छ दशमलव ९९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर कारोबारको भारित औसत ब्याजदर २०७९ वैशाखमा सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर चार दशमलव १२ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधार दर २०७८ वैशाखमा छ दशमलव ८३ प्रतिशत रहेकोमा २०७९ वैशाखमा नौ दशमलव ३० प्रतिशत कायम भएको छ । २०७९ वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव २५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ४२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः चार दशमलव ८१ प्रतिशत र आठ दशमलव ५३ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x