काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक करोड दुई लाख रुपैयाँ जरिवाना तोकिएका बैंकिङ कसुर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार फरार प्रतिवादी बिनोद लामा भन्ने ४३ वर्षीय विनोद घिसिङलाई मंगलबार काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको हो ।
रामेछाप जिल्लाको सुनपाती गाउँपालिका ४ स्थायी घर भई हाल जिल्ला काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ जोरपाटी बस्ने घिसिङले मेगा बैंकको बौद्ध शाखामा रहेको आफ्नो खाताहरुबाट रकम भुक्तान हुने भनी उक्त बैंक खाताहरुमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी चेक दिएका थिए ।
उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर उच्च अदालत पाटनले गरेको र सोहीअनुसार बैंकिङ कसुरका तीन थान मुद्दाहरुमा वि.सं. २०७८ पुस २७ गते फैसला गर्दै प्रतिवादी घिसिङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा जम्मा २१ दिन कैद र एक करोड दुई लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।
सो पश्चात् फरार भएका घिसिङलाई सीआईबीको टोलीले मंगलबार काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं.६ जोरपाटीबाट पक्राउ गरेको हो । पक्राउ परेका घिसिङलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया