Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफलफूल पकाउन ‘कार्बाइड’को प्रयोग नगर्न विभागको आग्रह

फलफूल पकाउन ‘कार्बाइड’को प्रयोग नगर्न विभागको आग्रह


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूल पकाउन ‘कार्बाइड’को (एसिटिलिन ग्यास) प्रयोग नगर्न आग्रह गरेको छ । व्यवसायीहरुले कार्बाइडको प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउने गरेको पाइएकोले त्यस्तो नगर्न विभागले आग्रह गरेको हो ।

विभागले मंगलबार एक सूचना जारी गरी अनावश्यक रुपमा फलफूलमा कार्बाइडको प्रयोग गरेको पाइएमा व्यवसायीलाई खाद्य नियमावली २०२७ अनुसार कारबाही गर्ने समेत जनाएको छ । व्यावसायिक रुपमा फलफूल पकाउने व्यवसायीले रसायन प्रयोग गरी फलफूल पकाउन पर्ने भएमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनको तोकिएको विधिअनुरुप मात्र गर्नसमेत विभागले आग्रह गरेको छ ।

यस्तै, विभागले फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल राखेको पाइएमा खरिद नगर्न र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाव वा मातहतका कार्यालयमा जानकारी गराउन समेत अनुरोध गरेको छ ।

यस्तै विभागले जारको गुणस्तर नम्बर भएको तथा बिर्काे सिलबन्दी भएको प्रशोधित पिउने पानी मात्र प्रयोग गर्न आग्रह गरेको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामीको संख्यामा वृृद्धि हुनथालेपछि विभागले पानीको गुणस्तर हेरेर प्रयोग गर्न आग्रह गरेको हो । विभागले मंगलबार नै एक सूचना जारी गरी प्रशोधित पिउने पानी र जारको लेबलमा ‘डिएपटिक्यु’ नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्रै पानीको उपभोग गर्न आग्रह गरेको हो ।

यस्तै, प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ बमोजिमका प्रावधानलाई पूरा गरेर मात्रै पानीको बिक्रीवितरण गर्न उद्योगीलाई अनुरोध गरिएको छ । कानुनबमोजिम अनुज्ञापत्र लिई नवीकरण नगरी पानी बिक्री वितरण गर्नेलाई कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x