इ–सेवा मनी ट्रान्सफर र यूएईको लुलु इन्टरनेशनल एक्सचेन्जबीच सम्झौता
काठमाडौं । इ–सेवा मनी ट्रान्सफर र युएई स्थित लुलु इन्टरनेस्नल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै यूएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाहलगायत युएई का सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरुले लुलु इन्टरनेस्नल एक्सचेन्जमार्फत नेपालमा रेमिट्यान्स पठाउनसक्ने भएका छन् ।
उनीहरुले यूएईभर रहेका लुलुका ८४ वटा शाखामध्ये कुनै पनि शाखाबाट इ–सेवा मनी ट्रान्सफरको माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् । यसका साथै, लुलु इन्टरनेशनल एक्सचेञ्जको मोबाइल एप (लुलु मनी)मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सकिने इ–सेवाले जनाएको छ । लुलु इन्टरनेशनल एक्सचेञ्जका शाखाबाट नेपालमा पैसा पठाउँदा पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सिधै रकम पैसा पठाउँन सकिनेछ भने ६० लाखभन्दा बढी प्रयोगकर्ता रहेकोे इ–सेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ । साथै लुलु इन्टरनेशनल एक्सचेञ्ज हुँदै युएई बाट पठाएको रेमिट्यान्स, नेपालका अधिकांश ठाउँमा रहेका इ–सेवा मनी ट्रान्सफरका १२ हजारभन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाखभन्दा बढी इ–सेवाका क्यास प्वाइन्टमार्फत पनि रकम झिक्न सकिनेछ ।
यसका साथै, पठाएको नगद रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इ–सेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । यसैगरी हाल इ–सेवा मनी ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना चलिरहेको हुनाले यूएईस्थित नेपालीहरुले लुलु इन्टरनेशनल एक्सचेञ्जबाट इ–सेवा मनी ट्रान्सफरमार्फत नेपाल रकम पठाई दैनिक पाँच हजार रुपैयाँ तथा बम्परमा ५० हजार रुपैयाँ समेत जित्न सकिनेछ । रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इ–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलु इन्टरनेशनल एक्सचेन्जका तर्फबाट सहायक प्रमुख थम्पी सुदर्शननले हस्ताक्षर गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया