निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा विस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेष्ठ महिनासम्ममा नेपालका २७ वटा बाणिज्य बैंकहरू मध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा रहेको छ ।
गत जेष्ठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५ दशमलव ८५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३२ दशमलव पाँच प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ वाणिज्य बैंकहरूमध्ये २१ वटा वाणिज्य बैंकहरूको निक्षेप वृद्धि भएको छ भने छवटा वाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरूको औसत निक्षेप वृद्धिदर सात दशमलव ३७ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै वाणिज्य बैंकहरूको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरूको कर्जा विस्तारमा १७ दशमलव ४९ प्रतिशतको वृद्धि भएको देखिन्छ ।
बैंकले हाल मुलुकभर दुई सय १७ वटा शाखाहरू, एक सय ७९ वटा एटीएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पु¥याइरहेको छ । यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ ।
विगत केही वर्षयता बैंकले छिटो, छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत देशभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया