ताइवानसँगको आधिकारिक आदानप्रदान बन्द गर्न अमेरिकालाई चेतावनी
बेइजिङ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले मंगलबार संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन–अमेरिका विज्ञप्ति कडाइका साथ पालना गर्न आग्रह गरेका छन् । उनले संयुक्त विज्ञप्ति निकाल्ने लगायत ताइवानसँग कुनै पनि प्रकारको आधिकारिक आदानप्रदान बन्द गर्न उनले आग्रह गरेका हुन् ।विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले २१औं शताब्दीको व्यापारमा युएस–ताइवान पहल बारे सोधिएको प्रश्नको जवाफमा नियमित समाचार ब्रीफिंगमा सो टिप्पणी गरेका हुन् ।
झाओले भने, ‘चीनले सार्वभौमसत्ता र आधिकारिक प्रकृतिका जस्ता देखिने वार्ता वा सम्झौताहरू सहित कूटनीतिक सम्बन्ध भएका देशहरूद्वारा ताइवान क्षेत्रसँगको सबै प्रकारको आधिकारिक अन्तरक्रियाको चीन दृढतापूर्वक विरोध गर्दछ । यो अडान स्थिर र स्पष्ट छ ।’ उनले संसारमा एउटा मात्र चीन रहेको बताउँदै ताइवान त्यसको अविभाज्य भूभागको रहेको उल्लेख गरे । उनले थपे, ‘जनवादी गणतन्त्र चीनको सरकार सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एकमात्र कानूनी सरकार हो ।’
प्रवक्ता रहेका उनले संयुक्त राज्य अमेरिकाले एक चीन सिद्धान्त र तीन चीन–अमेरिकाको शर्तहरूको पालना गर्नुपर्ने बताए । ‘संयुक्त विज्ञप्ति लगायत ताइवानसँगका सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू रोक्नुहोस्, सार्वभौमसत्ता र आधिकारिक प्रकृतिका सम्झौताहरू एवं वार्ता गर्न बन्द गर्नुहोस् र ताइवान स्वतन्त्रता पृथकतावादी शक्तिहरूलाई बढावा नदिनुहोस्’, उनले भने, ‘हामी ताइवानको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका अधिकारीहरूलाई यो पनि स्पष्ट पार्न चाहन्छौँ, उनीहरूले अमेरिकी समर्थनमा स्वतन्त्रता खोज्न सक्छन् भन्ने विचारलाई तुरुन्तै त्याग्न आवश्यक छ किनभने तिनीहरू जति धेरै महत्वाकांक्षी छन्, तिनीहरूको असफलता पनि त्यति नै तितो हुनेछ ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया