Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लुम्बिनी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौं । बीमा समितिको आयोजनामा आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बुटवलमा लुम्बिनी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले बीमासम्बन्धी नीतिगत व्यवस्थाका साथ धेरै कार्यक्रमहरू ल्याएको र अब ती कार्यक्रमहरूको कार्यान्वयनमा जोड दिने बताए ।

मुख्यमन्त्री केसीले बीमा कम्पनीहरूबाट बीमा दाबी भुक्तानी नभएको भन्ने धेरै गुनासाहरू आउने गरेको उल्लेख गर्दै समयमै सहजरूपमा बीमादाबी पाउने व्यवस्था गर्न र बीमा कम्पनीहरूमा सुशासन कायम गर्न आग्रह गरे । उनले बीमाको दायरा विस्तारका लागि बीमासम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिन र बीमा समितिको प्रदेश कार्यालय विस्तार गर्न पनि आग्रह गरे ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले विपत्का समयका लागि छुट्याएको रकमबाट नागरिकको जीवन तथा सम्पत्तिको बीमा गर्न सकिने र त्यसरी गरिएको बीमाबाट नै विपत्का समयमा हुने क्षतिको क्षतिपूर्ति हुने जानकारी दिए । अध्यक्ष सिलवालले प्रदेश सरकारले नागरिकका साथै सरकारी सम्पत्तिको बीमा गराउन पहल गर्नुपर्ने उल्लेख गर्दै बीमालाई सेवा प्रवाहसँग जोडेर पनि बीमाको पहुँच विस्तार गर्न सकिने बताए । कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमासम्बन्धी समग्र विषयवस्तु समेटिएको प्रस्तुति गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयका प्रमुख सचिव, विभिन्न प्रदेश मन्त्रालयका सचिव, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, बीमा समितिका सहायक निर्देशक केदारनाथ भट्ट, विभिन्न बीमा कम्पनीका प्रदेशस्थित शाखा कार्यालयका प्रमुखहरूलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x