Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगरिबी निवारण गर्न आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने

गरिबी निवारण गर्न आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीमार्फत भूमिको समग्र विकास गरी गरिबी निवारण गर्न आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने बताएकी छिन् । राष्ट्रिय सहकारी महासंघले १००औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिका लागि सरकार र सहकारी अभियान एउटै डुङ्गाको सहयात्री भएकोले गरिबी निवारणमा एकसाथ लाग्नुपर्ने बताइन् ।

यस्तै उनले सहकारीबाट रोजगारी सिर्जना गरेर जनताले देखिने र सुन्ने गरी काम गर्न आफू आतुर रहेको बताइन् । साथै सहकारीप्रतिको जनविश्वास बढाउनुपर्ने आग्रह गर्दै उनले सहकारी व्यवसायलाई अवरोध पु¥याउने कानुनी व्यवस्थामा समसामयिक परिवर्तन सकिने उल्लेख गरिन् । कार्यक्रममा सहकारीले उत्कृष्ट विश्व निर्माण कसरी योगदान गर्न सक्छ भन्ने विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी लोकतान्त्रिक र सुशासन अभ्यास गर्ने थलो भएकाले लाभको पदमा बसेका सहकारीका सदस्यहरुले पद त्याग गर्नुपर्ने बताउँदै सम्पत्ति शुद्धीकरणलाई सहकारी संघ/संस्थाहरुले महत्वका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियान सरकारसँग हातेमालो गरेर विकासको सहयात्री बन्न चाहेको बताउँदै सहकारी ऐन, २०७२ मा भएको व्यवस्थाअनुसार नै सहकारी संघ/संस्थाहरुलाई कर निर्धारण गर्न माग गरे ।

यस्तै कार्यक्रममा सहकारी अभियान्ता तथा राष्ट्रिय सहकारी महासंघका पूर्वउपाध्यक्ष विजयराज घिमिरेलाई राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट सम्मान गरिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उनलाई नगद ५० हजारसहित सम्मान गरिन् । यस्तै उत्कृष्ट सहकारी पुरस्कार २०७८ बाट जिल्ला सहकारी संघ लि. दोलखा पुरस्कृत भएको छ । साथै उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ बाट पत्येक प्रदेशबाट १/१ वटा प्रारम्भिक संस्था पुरस्कृत भएका छन् । प्रदेश १ बाट झापाको मेची बहुउद्देश्यी सहकारी संस्था लि., मधेश प्रदेशबाट बाराको बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि., बागमती प्रदेशबाट काठमाडौंको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. पुरस्कृत भए ।

गण्डकी प्रदेशबाट बागलुङको कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. लुम्बिनी प्रदेशबाट बिर्दीयाको सिको बचत तथा ऋण सहकारी संस्था लि, कर्णाली प्रदेशबाट सुर्खेतको जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. र सुदूरपश्चिम प्रदेशबाट कैलालीको एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि. पुरस्कृत भए । पुरस्कृत संस्थालाई नगद २५ हजार प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०७८ बाट भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का व्यवस्थापक बालकृष्ण ध्वजु सम्मानित भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x