Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवायुसेवा निगमले ६४औं वार्षिकोत्सव मनायो

वायुसेवा निगमले ६४औं वार्षिकोत्सव मनायो


काठमाडौं । नेपाल वायुसेवा निगमले शुक्रबार आफ्नो ६४औँ वार्षिकोत्सव मनाएको छ । केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी निगमले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा निगमका महाप्रबन्धक वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनले निगमका अगाडि प्रशस्त चुनौतीहरु रहेको उल्लेख गर्दै यसलाई सामूहिक प्रयासको माध्यमले सफलतातिर लाने बताए । उनले नयाँ काम थाल्नुभन्दा पहिलो चरणमा पुराना योजना पूरा गर्नेतिर निगमले प्रयास थालेको बताए ।

निगममा आर्थिक सुशासन र बजारमा आफ्नो दरिलो उपस्थिति प्रदर्शन गर्न निगम सक्रिय रहने उनको भनाइ थियो । यस्तै उनले संस्थामा आन्तरिक सुधार गर्दै अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाउनेतर्फ निगमको प्रयास रहने बताए । निगमले वार्षिकोत्सवको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठबाट नयाँ वेबसाइट समेत प्रारम्भ गरेको छ । यसमार्फत निगमको अनलाइन टिकट बुकिङ गर्न सजिलो हुनेछ । अनलाइन बुकिङको प्लेटफर्म मैत्री सिस्टमले एक महिनाभित्र नै यात्रुहरुले घरमै बसी टिकट काट्ने सुविधा प्राप्त गर्नेछन् । निगमको नयाँ वेबसाइटमा च्याटबक्सको पनि सुविधा छ । वेबसाइटमा रहेको उडान तालिकाबाट यात्रु तथा सरोकारवालाहरुले विविध उडान सूचना, गन्तव्य तथा अन्य जानकारी प्राप्त गर्न सक्नेछन् ।

साथै आगामी दिनहरुमा निगमले अन्तर्राष्ट्रिय उडानको बुकिङसहितको मोबाइल एप, लोयल्टी मेनेजेमेन्ट सिस्टमको सुविधा पनि थप गर्ने भएको छ । यो वेबसाइटमार्फत निगमको फेसबुक, ट्वीटर, युटुयुब र इन्स्टाग्राममा जोडिन सक्ने सुविधा रहेको छ । कार्यक्रममा वाणिज्य विभागका निर्देशक जनकराज कालाखेतीले प्रशासनिक सुधार, प्रविधिमैत्री, सेवामा सबलीकरण र विमान थप्ने सोचका साथ निगम अगाडि बढनुपर्ने बताए । उक्त अवसरमा निगमको प्रतीकको रुपमा मानिँदै आएको आकाश भैरवको पूजा पनि गरिएको थियो । यस्तै वार्षिकोत्सवको उपलक्ष्यमा असार १६ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा एक सय ५४ जनाले रक्तदान गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x