Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारले स्वदेशी उद्योग धराशायी बनाउने नीति लिएको महासंघको निष्कर्ष

सरकारले स्वदेशी उद्योग धराशायी बनाउने नीति लिएको महासंघको निष्कर्ष


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को चौथो साधरणसभाले औद्योगिक कच्चापदार्थमा भएको सरकारको वर्तमान नीतिले स्वदेशी सेनेटरी प्याड, वायर उद्योग, वनस्पती तेललगायतका स्वदेशी उद्योगहरु धराशायी हुने ठहर गरेको छ । यदि समयमा नै सरकारले आफ्नो नीति परिवर्तन नगरेमा प्रदेश १ को मेरुदण्डका रुपमा रहेको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरु ध्वस्त हुने महासंघले चेतावनी दिएको छ ।

विराटनगरमा सम्पन्न उक्त साधरणसभाले कतिपय तयारी वस्तुमा भन्सार दर बढाए पनि स्वदेशी उद्योगले प्रयोग गर्ने कच्चापदार्थमा पनि भन्सार दर बढाइएकोमा यसमा संशोधन गर्न पहल गर्ने निर्णय पनि गरेको छ । साधारणसभाबाट विभिन्न १५ बुँदे प्रस्ताव पारित गरिएको छ । यस्तै महासंघले मौद्रिक नीति कसिलो हुनुपर्ने भन्दै बैंकको तरलताबाट सिर्जित औद्योगिक व्यवसायीहरुको समस्या निराकरण गर्न उत्पादनशील क्षेत्रमा प्रवाह हुने कर्जा र अन्य क्षेत्रमा प्रवाह हुने कर्जा ब्याजदर फरक गरी उत्पादनशील क्षेत्रमा प्रवाह हुने कर्जालाई एकल अंकमा नबढ्ने गरी कायम गर्नुपर्ने जनाएको छ । प्रदेश १ को राजधानी विराटनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी, विशेष आर्थिक क्षेत्र स्थापनाको सरकारी योजना कार्यान्वयन गर्नुपर्ने प्रस्ताव पनि महासंघ प्रदेश १ को साधारणसभाले गरेको छ ।

महासंघले विराटनगर विमानस्थलको स्तरोन्नतिको कामलाई अगाडि बढाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने भन्दै प्रदेशस्तरीय राजस्व न्याधीकरणको कार्यालय स्थापनाका लागि पहल गर्ने पनि जनाएको छ । आगामी २०७९ फागुनभित्र प्रादेशिक व्यापार मेलाको आयोजना गर्नेदेखि यस प्रदेशबाट अलैँची, चिया, सुपारी, अदुवा, अम्लिसो, जडीबुटीहरु विदेश निर्यातको प्रवद्र्धनका लागि पूर्वाधार विकासका साथै आधुनिक कृषि उपकरणहरुको विकास लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय पनि महासंघले गरेको छ । महासंघको चौथो साधारणसभाले विभिन्न पर्यटकीयस्थल, धार्मिकस्थलको विकासमा पनि जोड दिँदै त्यसको विकासका लागि संघीय सरकारदेखि प्रदेश सरकारलाई अनुरोध समेत गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x