Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीको रेड्मी नोट ११ प्रो नेपाली बजारमा

शाओमीको रेड्मी नोट ११ प्रो नेपाली बजारमा


काठमाडौं । शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी नोट ११ प्रो मा किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनीले घोषणा गरेको छ । स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन प्रदान गर्ने लक्ष्यका साथ शाओमीले रेड्मी नोट ११ प्रो लन्च गरेको हो ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले शाओमीले आफ्नो सीमा फराकिलो पार्दै विस्तृत दायराको साथ औद्योगिक बेन्चमार्कहरू पार गरेको बताए । ग्राहकको रेड्मीप्रतिको विश्वासले कम्पनीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरि रेड्मी सिरिजलाई देशमा सर्वाधिक बिक्री हुने स्मार्टफोन सिरिज बनाएको उल्लेख गरे । कम्पनीका अनुसार रेड्मी नोट ११ प्रोमा रहेको रियर क्वाड क्यामेरा सेटअपले विना कुनै सम्झौता उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ । हाई– रेजोल्युसन र आश्चर्यजनक रंगहरूमा फोटोहरू क्याप्चर गर्नको लागि १०८ एमपी मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड–एंगल क्यामेरा, ११८– डिग्री भ्युइङ्ग एंगल, दुई एमपी म्याक्रो क्यामेरा, दुई एमपीको डेप्थ क्यामेरा र १६ एमपीको फ्रन्ट क्यामेरा यस फोनमा समावेश गरिएको छ ।

साथै रेड्मी नोट ११ प्रोमा पावर अपको लागि मिडिया टेक हेलियो जी९६ प्रोसेसर रहेको छ भने यसको फ्ल्यागशिप ६७ वाट टर्बो चार्जिङले यसको ५००० मेगाहर्ज उच्च क्षमताको ब्याट्री १५ मिनेटमै ५१ प्रतिशतसम्म चार्ज गरिदिन्छ । २० हर्ज डिस्प्ले रिफ्रेस रेटको साथ ६.६७ इन्च एफएचडी एमोलिड डट डिस्प्लेको साथ रेड्मी नोट ११ प्रोले स्मूथ स्क्रोलिङ र ल्याग–फ्री ट्रान्जिसन सुनिश्चित गर्दछ । ट्रेन्डी फ्ल्याट–एज डिजाइनको डिस्प्लेको साथै, यसमा रहेको डुअल सुपर लिनियर स्पिकरहरूको साथमा, रेड्मी नोट ११ प्रोले गेमिङ वा भिडियोहरू हेर्नको लागि इमर्सिभ स्टेरियो साउन्ड प्रदान गर्दछ । ग्रेफाइट ग्रे, पोलर ह्वाइट, स्टार ब्लू गरी तीन रंगहरूमा यी फोन ६/१२८ जीबी र ८/१२८ जीबी गरी दुईवटा स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ३४ हजार नौ सय ९९ रुपैयाँ र ३६ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x