Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकको ‘एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’

एनआईसी एसिया बैंकको ‘एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’


काठमाडौं । देशको दूरदराजमा रहेका लाखौँ ग्राहकहरूमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एन आई सी एसिया बैंकले यही असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदरसहितको नवीनतम ‘एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टास ग्राहक लक्षित गरी ल्याइएका छन् ।

हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ता महानुभावहरूले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताहरूले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशतबराबर रकम कर्जा समेत लिन सक्नेछन् । यसअघि बैंकको पाँच वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने अतुलनीय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जासम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहक महानुभावहरूको अत्यन्त उत्साहजनक सहभागिता रहिआएको छ ।

आम जनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्मरूपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोहीअनुरूप निरन्तर रूपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरूप बैंकले यसअघि लिएर आएको निक्षेप खाताहरूमा पाइने फाइदाभन्दा अझ बढी फाइदाहरू रहेको मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याइएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५९ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय दुईवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

Open photo

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेरसमूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ । योजनाको विभिन्न अवयवहरूलाई निम्नानुसार तालिकामा देखाइएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x