Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूका ग्राहकहरूलाई फिटनेस सेन्टरमा छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरूलाई फिटनेस सेन्टरमा छुट


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र युरोपा फिटनेस सेन्टरबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

सम्झौतापश्चात् ग्राहकहरूले युरोपा फिटनेस सेन्टरमा उपलब्ध हुने फिटनेस सेवाहरूमा एकमुष्ट २५ प्रतिशतको छुट पाउन सक्नेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

ुरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय तीनवटा शाखा कार्यालयहरू, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x