मञ्जुश्री फाइनान्सको शाखाकार्यालय हेटौंडामा
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नं —०४, स्कुल रोडमा आफ्नो २६औँ शाखा उद्घाटन गरेको छ । फाइनान्सका अध्यक्ष इन्दिरा पण्डित घिमिरेले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेकी हुन् ।
२०७८ साल जेठ मसान्तसम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको फाइनान्सले १० अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ९३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यसका साथै फाइनान्सले विप्रेशण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
- विकासमा महिलावादी सिद्धान्तको महत्व
- दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणद्धारा आगोलागि पिडितको घर निर्माण
- यसकारण भ्रष्ट छ नेपालको राजनीति
- आम्दानी र खर्च घटेको अर्थ कसरी सुधारियो ?
- अवैध लागुऔषधसहित तीन जना पक्राउ
- मनाइयो संविधान दिवस
- ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया