आईएमई जनरल र काठमाडौं प्याथ ल्याबबीच सम्झौता
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृतशरण रेग्मी र काठमाडौं प्याथ ल्याबकाप्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् आईएमई जनरलका कर्मचारी, सेयरधनी तथा ग्राहकहरूलाई काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर महाराजगञ्ज, काठमाडौंमा प्राप्त हुने सबै किसिमका सेवाहरूमा आकर्षक छुट प्राप्त हुने हुनाले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरूले आवश्यकताअनुसारका सेवा प्राप्त गर्नसक्ने संस्थाले जानकारी दिएको छ ।
साथै सोही अवसरमा आईएमई जनरलका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरूलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहजरूपमा प्राप्त गर्नसक्ने जानकारी दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कामना सेवा विकास बैंकद्वारा मठमन्दिर र पार्क सरसफाइ
- बैंक खाताको विवरण कसैलाई नदिन सीआईबीको अनुरोध
- महालक्ष्मी विकास बैंकको तीन महिनाको नाफा नौ करोड
- सिटिजन्स बैंक र लेमन ट्री प्रिमियरबीच सम्झौता
- मुक्तिनाथ विकास बैंकको नाफा २८ करोड
- ज्योति विकास बैंकको पहिलो त्रैमासिक नाफा १५ करोड ११ लाख
- कर्पोरेट डेभलमेन्ट बैंकको नाफा २१ लाख ६८ हजार
- गरिमा विकास बैंकको पहिलो त्रैमासिक नाफा २२ करोड ५७ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया