बजार परिसूचक दुई हजार २८ दशमलव ७७ विन्दुमा
सातामा १० अर्ब ६४ करोड ८५ लाख रुपैयाँको सेयर खरिदबिक्री
काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई २८ दशमलव ७७ विन्दुमा कायम रहेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८८ दशमलव ६२ विन्दुमा सीमित भएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख १६ हजार दुई सय ८५ पटकको कारोबारमा तीन करोड तीन लाख ४६ हजार तीन सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १० अर्ब ६४ करोड ८५ लाख ४१ हजार सात सय ९३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै तीन अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३७ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ७५ हजार दुई सय ८० पटकको कारोबारमा दुई करोड ५१ लाख ५१ हजार तीन सय ६९ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम सात अर्ब ६१ करोड ९० लाख सात सय नौ रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष छ कार्यदिन नै खुला रहेको थियो । जसमध्ये दोस्रो, तेस्रो र अन्तिम कारोबार दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिनहरूमा उकालो लागेको थियो । पहिलो कारोबार दिन बजार परिसूचक ९४ दशमलव ९२ अंकले उकालो लागेर एक हजार नौ सय ५६ दशमलव ९८ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ९३ अंंकले उकालो लागेर तीन सय ८२ दशमलव ८४ विन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक २३ दशमलव ८५ अंकले ओरालो लागेर १९ सय ३३ दशमलव १३ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव दुई अंंकले ओरालो लागेर तीन सय ७५ दशमलव ८२ विन्दुमा झरेको थियो ।
तेस्रो कारोबार दिन पनि बजार परिसूचक ११ दशमलव ८२ अंकले ओरालो लागेर १९ सय २१ दशमलव ३१ विन्दुमा झरेकोमा सेन्सिटिभ पनि तीन दशमलव २२ अंंकले ओरालो लागेर तीन सय ७२ दशमलव ६० विन्दुमा झरेको थियो । चौंथो कारोबार दिन भने बजार परिसूचक पुनः ४१ दशमलव ३९ अंकले उकालो लागेर एक हजार नौ सय ६२ दशमलव ७१ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ५५ अंंकले उकालो लागेर तीन सय ७९ दशमलव १५ विन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक ७४ दशमलव ९३ अंकले उकालो लागेर दुई हजार ३७ दशमलव ६४ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ६३ अंंकले उकालो लागेर तीन सय ९१ दशमलव ७८ विन्दुमा चढेको थियो । छैटौँ कारोबार दिन भने बजार परिसूचक आठ दशमलव ७७ अंकले ओरालो लागेर दुई हजार २८ दशमलव ७७ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १७ अंंकले ओरालो लागेर तीन सय ८८ दशमलव ६२ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- श्री इन्भेस्टमेन्टको नाफा ४१ लाख
- नारायणी डेभलपमेन्ट बैंक घाटामा
- कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
- म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार
- बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
- ठगीको गरेको अभियोगमा गुरूङ र पराजुली पक्राउ
- फाल्गुनन्दको मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ: राष्ट्रपति पौडेल
- कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया