Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपुलिसका आफन्तद्वारा आर्थिक दैनिकको कार्यालयमा आक्रमण प्रयास

पुलिसका आफन्तद्वारा आर्थिक दैनिकको कार्यालयमा आक्रमण प्रयास


काठमाडौं । आफूलाई नेपाल प्रहरीको डीएसपी रतन खड्काको दाइ बताउने ललितपुरको भैँसेपाटी क्षेत्रका महेश खड्का भन्ने व्यक्तिले आइतबार राति करिब पौने ९ बजे मादक पदार्थ सेवन गरी कुपण्डोलस्थित आर्थिक दैनिकको कार्यालयमा प्रवेश गरी पत्रकार/कर्मचारीलाई कुटपिट र तोडफोडको प्रयास गरेका छन् ।

खड्काले आर्थिक दैनिकको कार्यालयलाई आफ्नो घर भएको दाबी गर्दै तिमीहरु को हो भन्दै धम्की दिएर कुटपिटको प्रयास गरेका थिए । आर्थिक दैनिकका कर्मचारीले उनलाई सम्झाएर बाहिर पठाउने कोशिस गरे पनि खड्काले प्रत्येकसँग झगडा गर्दै कुटपिटको प्रयास गरेपछि नेपाल प्रहरीको १०० नम्बरमा खबर गरिएको थियो ।

नेपाल प्रहरीलाई खबर गरे पनि कुपण्डोलको पुलको बिटमा रहेका प्रहरी खबर पाएको २० मिनेटपछि मात्र आर्थिक दैनिकको कार्यालयमा आइपुगेको थियो । त्यसपछि पुलिसले आर्थिक दैनिकको दोस्रो तलाबाट निज खड्कालाई सडकमा पु¥याएर सोधपुछ गरिरहेको बेला एक स्कुटर चालकले पुलिसको कानमा उनी डीएसपी रतन खड्काका दाइ भएकाले छाडिदिन भनेका थिए । त्यसपछि दुई जना प्रहरीले उनलाई तिनै स्कुटर चालकको जिम्मा लगाएर पठाएको थियो ।

राति पत्रिकाको कार्यालयमा प्रवेश गरेर कुटपिट र तोडफोडको प्रयास गर्ने व्यक्ति जतिसुकै शक्तिशालीका आफन्त भए पनि कारबाही गर्नुपर्नेमा सुटुक्क छाड्नाले प्रहरीका उच्च अधिकारीका आफन्तहरुलाई जुनसुकै अपराधमा पनि छुट हुने देखिएको छ भने पक्राउ गर्न गएका प्रहरीहरुले पनि उनको वास्तविकता बुझेर परिवारको जिम्मा लगाउनुपर्नेमा सडकमा स्कुटर चढेर आउने व्यक्तिले जे भन्छ त्यही मानेर छाड्नाले घटना रहस्यमय बनेको छ ।

ती खड्कालाई प्रहरीले समातेर तल सडकमा लगेपछि तुरुन्त स्कुटरमा आएका एक व्यक्तिले उनी प्रहरीका उच्च तहका आफन्त भएको भन्नुले घटनामा केही व्यक्तिको योजना रहेको आशंका गरिएको छ । ती स्कुटर चालक कसरी खड्कालाई सडकमा पु-याउनासाथ आए भन्ने रहस्यमय छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x