गृहमन्त्री खाणले संसद्लाई ढाँटेको प्रमाणित
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले झूठो बोलेको प्रमाणित भएको छ । परराष्ट्र मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनपछि गृहमन्त्री खाणले झूठो बोलेको प्रमाणित भएको हो ।
आइतबारको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्द गर्नेबारे अमेरिकालाई पत्र नपठाइसकेको बताएपछि गृहमन्त्री खाणले झूठो बोलेको प्रमाणित भएको हो । उनले भनिन्, ‘सरकारले एसपीपी खारेज गर्न अमेरिकालाई परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने निर्णय गरेको छ, अहिले त्यसको छलफल भइरहेको छ तर पत्र पठाइसकिएको छैन ।’
तर गृहमन्त्री खाणले केही दिनअघि (असार १३ गते) मात्रै संसद्को राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै अमेरिकासँग गरिएको एसपीपी सम्झौता रद्द गर्न परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई पत्र पठाइसकेको जानकारी दिएका थिए । गृहमन्त्री खाणको उक्त सम्बोधनलाई आइतबार परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले खण्डन गरेपछि गृहमन्त्री खाणले सदनलाई ढाँटेको प्रमाणित भएको हो ।
एसपीपीलाई लिएर नेपाली राजनीति निकै तातेको थियो । सत्ता गठबन्धनका दलका नेता र प्रतिपक्षी दलका नेताहरुबीच कसको पालामा अमेरिकालाई एसपीपीमा आबद्ध हुन पत्र पठाएको भन्ने आरोपप्रत्यारोप चलेको थियो । एसपीपी प्रकरणमा भने नेपाली सेना, अमेरिकी राजदूतावास, नेपालका राजनीतिक दल सबै तानिएका थिए । एसपीपीबारे कुरो उठेपछि नेपालस्थित अमेरिकी राजदूतावासले नेपाली सेनाले नै संयुक्त राज्य अमेरिकालाई पत्र पठाएको दाबी गरेको थियो । त्यसलगत्तै नेपाली सेनाले उक्त दाबी खारेज गर्ने आशयको स्पष्टीकरण दिएको थियो । तर दिन नबित्दै नेपाली सञ्चारमाध्यममा उक्त पत्र सार्वजनिक भयो । त्यसपछि त्यसका आधिकारिकतालाई लिएर शंकाउपशंका जन्मिए पनि नेपाली सेनाले आफूले पत्र पठाएको स्वीकारेको थियो ।
तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको हस्ताक्षर रहेको पत्र आधिकारिक भएको नेपाली सेनाले बतायो । यद्यपि २०७२ वैशाख १२ गतेको भूकम्पका बेला थुप्रै देशका सेना नेपाल आएको र तत्कालीन अवस्थालाई मध्यनजर गर्दै विपद् उद्धारकार्यमा सहयोग पुग्ने हेतुले पत्र लेखेको भन्दै पत्रको बचाउ गरेको थियो । नेपाली सेनाले त्यो पत्र लेख्दा संयुक्त राज्य अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्रामलाई विपद् न्यूनीकरण, राहत र उद्धारमा केन्द्रित गर्दै आए पनि तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पालामा अघि सारिएको इन्डो प्यासेफिक रणनीति अर्थात् आईपीएसमा यसलाई जोडेको थिएन । सेनाले पनि त्यही कारण यो पत्र लेखेको बताउँदै आएको छ ।
अहिले भने एसपीपीलाई आईपीएससँग अमेरिकाले जोडेको छ । त्यही भएर वामधारका नेपाली राजनीतिज्ञहरुले छिमेकी देश चीनविरुद्धको अमेरिकी सैन्य गठबन्धनमा नेपाली सेनालाई लैजानखोजेको भन्दै तीव्र विरोध गर्दै आएका छन् । आईपीएससँग जोडिएकै कारण यसको खारेजीको माग हुँदै आएको छ । तीव्र असन्तुष्टि र आरोपप्रत्यारोपका बीच मन्त्रिपरिषद्को यही असार ६ गतेको बैठकले एसपीपीमा संलग्न नहुने र त्यसका लागि गरिएको आग्रह खारेज गर्दै अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको थियो । तर अहिलेसम्मे त्यस किसिमको पत्र भने नलेखेको पुष्टि भएको छ । गृहमन्त्री खाणले भने उक्त पत्र अमेरिकालाई पठाइसकिएको भन्दै ढाँटेको परराष्ट्र मन्त्रालयको आइतबारको पत्रकार सम्मेलनले पुष्टि गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्यानडाको हिन्दु मन्दिरमा भएको हिंसाको भारतद्वारा निन्दा
- ह्यारिस र ट्रम्पको अमेरिकी चुनावी अभियानको अन्तिम दौड
- स्पेनका राजारानीमाथि नागरिकले माटो हाने
- इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
- एयर एसियाको काठमाडौं र भैरहवामा व्यावसायिक उडान सुरु
- अधिकारी नास्टको आईसीटी उपसमिति सदस्य मनोनित
- बाल्ट्रा नेपालकोे कौशलटारमा नयाँ रिटेल आउटलेट
- ‘पठाओ पोइन्ट्स’ र रियल टाइम ‘पठाओ पार्सल’ डेलिभरी सेवा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया