Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसाइमेक्सको ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’

साइमेक्सको ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’


काठमाडौं । बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले ‘फिस्कल इयर एन्ड अफर’ नामक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना पहिले कुनै पनि ईभीमा देखिएको थिएन । यो अफर बीवाईडी अल–न्यू ई६ मा लागू हुने कम्पनीले जनाएको छ ।

यसमा परिवर्तनकारी ब्लेड ब्याट्रीको सुविधा छ । जसअन्तर्गत, गिफ्ट ह्याम्पर्स, क्यास डिस्काउन्ट एण्ड एक्सचेन्ज बोनस र आगामी आर्थिक वर्षको लागि फ्रि रोड ट्याक्स पाइनेछ । साथै यीमध्ये अझै बढी आकर्षित फ्री रोड ट्याक्स बन्न जान्छ किन कि यो अफर पहिले कहिल्यै पनि नेपाली बजारमा भित्रिएको छैन । सो अफर बीवाईडी अल–न्यू ई६ को खरिदमा पाउन सकिनेछ ।

यो अफर केवल आर्थिक वर्ष २०७८/०७९ मा मात्रै लागू हुनेछ । साइमेक्स इन्क प्रालिले ईभीलाई प्रोत्साहन गर्न र केही राम्रा परिवर्तनहरु ल्याउन यस्ता थुप्रै अफरहरु पहिले पनि नेपाली बजारमा भित्र्याएको छ । साथै आगामी दिनमा पनि नयाँ आकर्षित अफरहरु ल्याउने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x