Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरामदेव तेलद्वारा विभिन्न योजनाका विजेतालाई पुरस्कार वितरण

रामदेव तेलद्वारा विभिन्न योजनाका विजेतालाई पुरस्कार वितरण


काठमाडौं । गणपति वनस्पति प्रालिद्वारा उत्पादन गरी बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलले विभिन्न समयमा ल्याएको योजनाका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।

कम्पनीले भ्यालेन्टाइन योजना, सेयर एण्ड विन योजना तथा एन्सर एण्ड विन योजनमा सहभागी भई लक्की ड्रमार्फत पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई एक समारोहका बीच पुरस्कार वितरण गरेको हो । यसअन्तर्गत यस प्रतियोगितामा भाग लिई विजेता हुन सफल प्रतियोगीहरुमध्ये छ जनाले जनही १/१ कार्टुन रामदेव सनफ्लावर तेल, आइरन, पानी तताउने इलेक्ट्रिक केटल, माइक्रोवेभ ओभन, राइस कुकर, मिक्सर १÷१ जनाले प्राप्त गरेका छन् ।

उक्त विजेताहरुलाई पुरस्कार वितरण रामदेव तेलका आधिकारिक बिक्रेता रानीसती इन्टरनेशनलका प्रबन्धनिर्देशक एवं व्यवसायी ओम बन्सल, निर्देशक पवन बन्सल तथा कम्पनीका मार्केटिङ्ग मेनेजर बिनोद श्रेष्ठले वितरण गरेका थिए । गणपति वनस्पति प्रालिले रामदेव ब्राण्डको सनफ्लावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x