Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता

कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता


काठमाडौं । कुमारी बैंक लिमिटेड र बनेपा, काभ्रेपलाञ्चोकस्थित बनेपा डेन्टल केयरबीच कुमारी बैंकका ग्राहकहरूलाई बनेपा डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले सो डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्री, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २० प्रतिशत तथा अर्थोडोन्टिक्स र डेन्टल इम्प्लान्टमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले आफ्ना देशव्यापी एक सय ९७ वटा शाखा सञ्जाल, एक सय ८६ वटा एटीएम, ४५ शाखारहित बैंकिङ एकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x