Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकको ‘ज्योति रिकरिङ खाता’

ज्योति विकास बैंकको ‘ज्योति रिकरिङ खाता’


काठमाडौं । ज्योति विकास बैंकले ज्योति रिकरिङ डिपोजिट निक्षेप योजना सञ्चालनमा ल्याएको छ । ग्राहकहरूलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदरसहितको ज्योति रिकरिङ खाता सञ्चालनमा ल्याइएको हो ।

उक्त योजनाअन्तर्गत ग्राहकहरूले आवश्यकताअनुसार एक वर्षदेखि १० वर्षसम्मका लागि मासिकरूपमा रकम जम्मा गर्न सक्नेछन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस खातामा मासिकरूपमा न्यूनतम पाँच सय रुपैयाँका दरले क्रमिकरूपमा रकम जम्मा गर्दै जान सकिनेछ ।

नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, साना उद्यमी व्यवसायी, निश्चित आम्दानी भएका कृषक, रेमिटान्स प्राप्त गर्ने ग्राहक, नवविवाहित दम्पती, युवा–युवतीहरू, अभिभावक वर्गहरूले भविष्यमा एकमुस्ट रकम प्राप्त गर्नको लागि मासिकरूपमा चाहेको निश्चित रकम नियमितरूपमा जम्मा गरी तोकिएको समय व्यतित भएपछि एकमुस्ट भुक्तानी लिन सक्नेछन् । साथै, आवश्यक परेको खण्डमा मौज्दातको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ ।

ज्योति विकास बैंक ग्राहककेन्द्रित भई ग्राहकहरूको आवश्यकता र मागहरूलाई अनुसरण गर्दै नवीनतम सुविधाहरू ल्याई ग्राहकहरूको बैंकसँगको कारोबारलाई थप दीर्घकालीन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ । बैंकले हाल एक सय १८ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x