आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सम्झौता
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेस्यालिटी क्लिनिकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, सेयरधनी तथा ग्राहकहरूलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिक महाराजगञ्ज, काठमाडौंमा प्राप्त हुने सेवाहरू जस्तैः एक्स रे, यूएसजी, इसीजी, इकोलगायतका सेवाहरूमा १० प्रतिशतसम्म र ओपीडी सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरूले आवश्यकताअनुसारका सेवा प्राप्त गर्नसक्ने संस्थाले जनाएको छ ।
सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ग्यालेक्सी स्पेसियालिटी क्लिनिकसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरूलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहजरूपमा प्राप्त गर्नसक्ने जानकारी गराए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट
- गरिमा क्यापिटलद्वारा बम्पर दशैँ योजना
- साहस ऊर्जाले लाभांश वितरण गर्ने
- खुम्चियो आत्मनिर्भर लघुवित्तको खुद नाफा
- महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सम्झौता
- एनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा
- सर्पोट लघुवित्तको खुद मुनाफामा उच्च वृद्धि
- मनसुनी वायुको प्रभाव देशभर कायम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया