आठ वर्ष लाग्दा समेत सकिएन सुपर दोर्दी ‘ख’ आयोजनाको काम
लमजुङ । तीन वर्षमै सम्पन्न गरिने गरी निर्माण थालिएको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजनाले आठ वर्ष लाग्दा समेत आफ्नो दायित्व पूरा गर्न सकेको छैन । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन पिपुल हाइड्रोपावर कम्पनीले तीन वर्षभित्रमा निर्माण गर्नेगरी निर्माण सम्झौता गरे पनि आयोजना अझै अपूरो रहेको छ ।
विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पीपीए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी गरेको यस आयोजनाले सम्झौताअनुसार विसं २०७५ भित्रमा काम सम्पन्न गरिसक्नुपर्ने थियो । निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै विसं २०७७ असारसम्म समयावधि बढाइएको थियो । सो अवधिमा निर्माण कार्यमा ढिलाइ भएपछि गत विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता गरिएको थियो । पटक–पटक म्याद थप्दै गत पुस महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो । उक्त समयमा निर्माणसन्पन्न नभएपछि आगामी असोज महिनाभित्रमा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले बताए ।
उनका अनुसार हालसम्म जम्मा ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको दुई सय २७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ । टनेल, पावर हाउसलगायत अधिकांश काम सम्पन्न भएको छ । साइट इन्चार्ज सिग्देलले भने, ‘डिफेन्डर बनाउने काम, इनक्लाप साफ्टको चार सय ६३ मध्ये दुई सय मिटर पेनस्टक पाइप इनपोइन्टमा राख्न बाँकी रहेको र सुरुङमा माटो थुप्रिएको सफा गर्ने तथा फिनिसिङ गर्ने कार्य मात्र बाँकी रहेको छ । अबको एक महिनाभित्रमा डिफेन्डरको काम सम्पन्न गरिनेछ ।’
आयोजनाका अनुसार यतिबेला वर्षायाम भएकाले आयोजनाको ढुवानी गर्ने सवारीसाधनलाई बाटोले समस्या बनाइरहेकाले समय बढी पनि लाग्न सक्ने भएको छ । करिब १० किलोमिटर सुरुङमार्गमध्ये एक हजार छ सय मिटरको सुरुङमार्गको भुइँको ढलान सम्पन्न भइसकेको र माथिपट्टिको काम भइरहेको छ । अर्को एक हजार सात सय मिटरको इनटेक सुरुङ र एक हजार चार सय मिटरको अर्को सुरुङको फिनिसिङ भइरहेको छ । आयोजनाको पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थु्र भइसकेको छ । नाकाबन्दी, दोर्दी खोलामा आएको बाढीपहिरो, कोरोना संक्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिँदै गएको हुँदा यतिका वर्षसम्म पनि निर्माणसम्पन्न हुन नसकेको इन्चार्ज सिग्देलको भनाइ थियो । कुल आठ अर्ब ८० करोडको लगानीमा निर्माण अघि बढाइए पनि थप लगानी बढ्ने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् ।
७० प्रतिशत ऋण लगानी र बाँकी प्रवर्द्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनाबाट असर पर्ने क्षेत्रका जिल्लावासीको मात्र २७ करोड रुपैयाँ लगानी रहेको छ । उक्त आयोजनाबाट सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पीपीए) सम्झौता भएको छ । पानीको बहाबमा आधारित यो आयोजनाको कुल ग्रस हेड छ सय ४० मिटर रहनेछ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । यस आयोजनाबाहेक यस कोरिडोरमा निर्माणाधीन आयोजनाले निर्धारित समयमा काम सम्पन्न गर्न नसक्दा पटक–पटक म्याद थप गर्दै अघि बढिरहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया