Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैतेश्वर गाउँपालिकामा ९२ प्रतिशत योजनाको कार्य सम्पन्न

बैतेश्वर गाउँपालिकामा ९२ प्रतिशत योजनाको कार्य सम्पन्न


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९ मा चार सय ४० वटा योजनामध्ये चार सय एक योजनाको निर्माणकार्य पूरा भएको जनाएको छ । गाउँपालिका चालू वर्षमा विशेष अनुदान, ससर्त अनुदान र समपुरक अनुदानमार्फत साना–ठूला गरी चार सय ४१ वटा योजना सञ्चालनमा थिए ।

गाउँपालिकाले सोमबारसम्म चार सय एक योजनाको भुक्तानी गरिसकेको जनाएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोख्रेलले पालिकाले हालसम्म ९२ प्रतिशत योजनाको भुक्तानी दिसकेको बताए । ८ प्रतिशत योजनाको भने भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।

गाउँपालिकाले चालू वर्षमा सडक, खानेपानी, स्वस्थ्य, शिक्षा, रोजगार, कृषि तथा सिँचाइ, गोरेटो बाटो निर्माण गरी चार सय ४० वटा योजना प्राप्त गरेको योजना अधिकृत चौलागाईंले जानकारी दिए । हालसम्म गाउँपालिकाबाट ११ करोड १७ लाख सात हजार चार सय ३२ रुपैयाँ भुक्तानी भैसकेको उनले बताए । भुक्तानी भएका सबै योजना गाउँपालिकाको विशेष अनुदानतर्फका योजना भएको उनले बताए । त्यस्तै भुक्तानी हुन बाँकी रहेका योजना पनि भुक्तानीको चरणमा रहेकोे उनले जानकारी दिए । यही साताभित्र बाँकी रहेका काम पूरा गरेर भुक्तानीको प्रक्रियामा लगिने अधिकृत चौलागाईंले बताए । गाउँपालिकामा निर्माणको चरणमा रहेका ससर्त र समपुरक अनुदानतर्फका केही ठूला र साना योजनाको काम आंशिक बाँकी रहेकाले भुक्तानी गर्न बाँकी रहेको उनको भनाइ छ ।

चालू वर्षमा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मात्रै करिब छ किलोमिटर सडक सोलिङ र एक किलोमिटर सिँडीसहितको गोरेटो बाटो निर्माणसम्पन्न गरेको छ । त्यस्तै गाउँपालिकाले समपुरक अनुदानमा साढे तीन किलोमिटर सडक कालोपत्रे तथा ढलान गरेको छ । गाउँपालिकाकै विशेष अनुदानमा सात किलोमिटर गोरेटोबाटो निर्माणसम्पन्न भएको छ । गाउँपालिकाले चालू वर्षमा ‘एक घर एक धारो कार्यक्रम’ गाउँपालिका ६५ प्रतिशत घरमा वितरण गरेको जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x