Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसवारीचालक अनुमतिपत्र र इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा समस्या

सवारीचालक अनुमतिपत्र र इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा समस्या


काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले सवारीचालक अनुमतिपत्र र इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा समस्या रहेको बताएका छन् । नवनियुक्त मन्त्री राईले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्ने क्रममा चालक अनुमतिपत्र लिन सेवाग्राहीले लामो समय कुर्नुपरेको बताए ।

त्यस्तै सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेटको विषयमा पनि विरोधाभास रहेको भन्दै उनले त्यो रिड गर्ने मेकानिजम नभएकाले त्यसमा आवश्यक सुधार गरिने बताए । साथै उनले सडकको ‘क्रोनिक’ ठेक्काको समस्या समाधानका लागि र यातायात क्षेत्रको समस्या समाधानका लागि दुई विज्ञ टिम बनाउने बताए । दुवै टिमलाई १५ दिनको समय दिइने र त्यो अवधिमा समस्यासहित समाधान पहिल्याउनुपर्ने उनको भनाइ थियो । सोही टिमको सुझावका आधारमा नै योजना बनाएर कार्यान्वयन गरिने उनले बताए ।

यस्तै ठूला आयोजनाहरूको कार्यान्वयन हुँदा देश समृद्ध हुने र विकासखर्च बढ्ने उनले बताए । ठूलो बजेट भएको ठूलो मन्त्रालय भएकाले पनि रुग्ण आयोजना रहेको र त्यो तत्काल समाधान आवश्यक रहेको उनको भनाइ थियो । मन्त्रालयको वित्तीय खर्च बढी हुँदा देश विकासमा फड्को मार्न सक्ने उनको दाबी छ । सडक पूर्वाधार निर्माणमा विगतदेखि ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति रहेको पनि उनले बताए । बाँके–२ बाट सांसद निर्वाचित भएका राईले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x