फ्रक्सजबको एकेडेमिक पार्टनरसिप प्रोग्राम सुरु
काठमाडौं । योग्य र अनुभवी व्यवस्थापन अभ्यासकर्तालाई एउटै छातामुनि ल्याउने काममा संलग्न फ्रक्सजब कलेज ग्राजुएटसम्म पुग्ने र उनीहरुलाई करिअरको सही बाटोसँग जोड्नेतर्फ अघि बढेको छ । यसका लागि कम्पनीले विभिन्न कलेजमा फ्रक्सजब एकेडेमिक पार्टनरसिप प्रोग्राम (एफएपीपी) सुरु गरेको जानकारी दिएको छ ।
एफएपिपीले भर्खरै स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई करिअरको बाटोमा अझ प्रभावकारी तरिकाले अघि बढ्न मदत गर्ने कम्पनीको भनाइ छ । यसअन्तर्गत रोजगारीको अवसर खोज्न विद्यार्थी भौँतारिनु नपर्ने बरु फ्रक्सजबमा आबद्ध कम्पनीहरु नै उनीहरुसम्म आइपुग्ने बताइएको छ । यसरी विद्यार्थीसम्म पुगेका रोजगारदाताले कलेज विद्यार्थीमा रहेको सम्भावनाको पहिचान गरी उनीहरुलाई अवसर प्रदान गर्ने फ्रक्सजबको विज्ञप्तिमा उल्लेख छ । ‘विद्यार्थी र कलेजहरुका लागि एफएपी कार्यक्रम सम्भाव्य रोजगारदाता भेट्ने, रोजगारी र इन्टर्नसिपका लागि आवेदन दिने र रोजगारी दिने कम्पनी फेला पार्ने अभूतपूर्व अवसर हो’, विज्ञप्तिमा भनिएको छ । फ्रक्सजबले आफ्ना साझेदार कलेजका विद्याथीलाई हरेक वर्ष रोजगारीसम्बन्धी परामर्श पनि दिने गरेको छ । यस्ता परामर्शबाट विद्यार्थीले आफ्नो रोजगारीको लक्ष्यबारे प्रस्ट आइडिया पाउने कम्पनीको भनाइ छ ।
फ्रक्सजब स्वदेशी र बहुराष्ट्रिय संस्थालाई सक्षम जनशक्ति तथा अवसरका रोजगारका खोजीमा रहेकाहरुलाई क्षमताअनुसारको उपयुक्त अवसर उपलब्ध गराउने काममा एक दशक लामो अनुभवी कम्पनी हो । यसले इटहरी, चितवन, नेपाजगन्जजस्ता सहरमा पनि शाखा विस्तार गरेर सेवा दिइरहेको छ । यसले रोजगारीको खोजीमा रहेका हजारौँ सक्षम व्यक्ति र रोजगारदातालाई जोड्ने काम गरेको छ ।
नेपालभरि नै कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको फ्रक्सजबले यो कार्यक्रमले सयभन्दा बढी प्राविधिक र व्यावसायिक कलेजहरुलाई समेट्ने लक्ष्य लिएको छ । फ्रक्सजबले हालसम्ममा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसियल स्टडिज, नारायणी पोलिटेक्निक इन्स्टिच्युट, नेपाल पोलिटेक्निक इन्स्टिच्युट, इन्द्रेणी कलेज, एनआईसी टेक्निकल कलेज प्रालि, वीरगन्ज इन्स्टिच्युट अफ टेक्नोलोजी, नारायणी कलेज, सप्तगण्डकी कलेजजस्ता शिक्षण संस्थासँग साझेदारी सुरु गरिसकेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- थप १० दिन लामिछानेसहित चार जना हिरासतमा
- आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ
- तिहारको लामो बिदा पछिको शेयरबजार
- निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
- पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
- घट्यो सुनको मुल्य
- एक हजार तीन सय किलो गाँजा बरामद
- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन जाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया