Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी जनरलको वार्षिक साधारणसभा

लुम्बिनी जनरलको वार्षिक साधारणसभा


काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असार २९ गते आफ्नो १७औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

सभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट नौ दशमलव पाँच प्रतिशत अर्थात् ११ करोड ३८ लाख ९४ हजार पाँच सय ५० रुपैयाँबराबरको बोनस सेयर र शून्य दशमलव ५० प्रतिशत अर्थात् ५९ लाख ९४ हजार चार सय ५० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने तयारी गरेको छ ।

यसबाहेक कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब २५ करोड रुपैयाँलाई वृद्धि गरी तीन अर्ब रुपैयाँ पु-याउने तयारी गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x