Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा

रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । कम्पनीको सोमबार अध्यक्ष ताराचन्द केडियाको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

कम्पनीका अन्य सञ्चालकहरूमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी, सरिता भट्ट अधिकारी, परिक्षित खेम्का तथा बद्री प्रकाश पोखरेल रहेका छन् । सो सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पुँजी वृद्धि एवंं अन्य व्यवस्थाहरू समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने तथा पुँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक–आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनोट गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि बीमा समितिसमक्ष निवेदन दिने, आवश्यकताअनुसार सम्पत्ति तथा दायित्वहरूको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षकहरू नियुक्त गर्ने, निजहरूको पारिश्रमिक तोक्ने तथा एक–आपसमा गाभ्ने/गाभिनेसँग सम्बन्धित प्रचलित नियम कानुन तथा निर्देशनहरूबमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरू पूरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरूले निर्देशन गरेबमोजिम विवरण उपलब्ध गराउनेलगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावहरू पारित गरेको छ । साथै, सभाले कम्पनीको अधिकृत पुँजी तीन अर्ब रुपैयाँबाट वृद्धि गरी पाँच अर्ब हुनेगरी पुँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x