Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआलुको बोरामा ८३ लाख बढी पैसा आयात

आलुको बोरामा ८३ लाख बढी पैसा आयात


धनुषा । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ इनरुवास्थित सीमा इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले ८३ लाख ६४ हजार पाँच सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल छन् ।

ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी इनरुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुले बोकेको आलुको बोराभित्र उक्त रुपैयाँ फेला पारिएको हो । त्यसबेला उक्त मोटरसाइकल समेत बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x