Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभगवती लेमिनेट्सको करछलीको अनुसन्धान सुस्त

भगवती लेमिनेट्सको करछलीको अनुसन्धान सुस्त


काठमाडौं । नेप्लाइ प्लाइउडको आधिकारिक विक्रेता भगवती लेमिनेट्सले गरेको करछलीको अनुसन्धानमा अवरोध आएको छ । उक्त करछलीको विषयलाई अनुसन्धान गरी निष्कर्षमा पु-याउने प्रयास भएकै बेला राजस्व अनुसन्धान विभागकै नेतृत्व परिवर्तन भएपछि करछलीको विषयमा सुरु भएको अनुसन्धानकार्यमा सुस्तता आएको हो ।

झापामा रहेको लेमिनेट्सले झापामै भ्याटको कारोबार गर्ने र भ्याटबाहेकको कारोबार गर्नेगरी दुई ठाउँमा कार्यालय खोली राजस्व छली गरेको विषयमा सञ्चारमाध्यमहरूमा प्रमाणसहित समाचारहरू प्रकाशित भएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीले छानबिन थालेको थियो ।

इटहरीमा रहेको विभागको कार्यालयले लेमिनेट्ससँगै मिलेर काम नै नगरेको आरोप लागेसँगै विभागका तत्कालीन महानिर्देशक प्रकाश पौडेलले इटहरीबाट भएका सम्पूर्ण अनुसन्धानको फाइल केन्द्रमा तान्दै लेमिनेट्सको अनुसन्धान गर्न केन्द्रतहबाटै नयाँ अनुसन्धान अधिकृत तोकेर फाइल अगाडि बढाउने निर्णय गरेका थिए ।

विष्णु मधगोरिया मुख्य सञ्चालक रहेको लेमिनेट्समा रजनीश कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नाली, निर्मला सरिया, दीपेन्द्रकुमार अग्रवाल तथा रतनकुमार अग्रवाल सञ्चालक रहेका छन् ।

लेमिनेट्सको फाइल केन्द्रबाट अनुसन्धान गर्ने निर्णय भएसँगै सरुवा भएका विभागका महानिर्देशक पौडेलपछि महानिर्देशककै जिम्मेवारीमा झलकराम अधिकारी आएपछि अनुसन्धान छायामा परेको आरोप लागे पनि विभागका प्रवक्ताले भने त्यस्तो नहुने बताए । ‘महानिर्देशक फेरिँदैमा अनुसन्धान प्रभावित हुँदैन’, विभागका प्रवक्ता समेत रहेका उपमहानिर्देशक दिवस आच(ार्यले भने, ‘विविध कारणले ढिला भएको भए पनि यो निरन्तर अनुसन्धानको प्रक्रियामा नै रहेको छ ।’

उनले विविध कारणले इटहरीले गरिरहेको अनुसन्धान विभागले नै तानेर अनुसन्धान गरे पनि यो निष्पक्षरूपमा गरिने र चाँडै टुंगोमा पु¥याइने बताए । स्रोतका अनुसार लेमिनेट्सले अनुसन्धान कार्यालय इटहरीको कार्यालयमा भएका सम्पूर्ण कर्मचारीहरूलाई नै प्रभावित पारी आफ्नो अनुसन्धान अगाडि बढाउन रोकेपछि सञ्चारमाध्यमहरूको निरन्तरको खबरदारीले विभागले सो फाइल केन्द्रमा तानेको थियो ।

केन्द्रले फाइल तानेर अनुसन्धान अगाडि बढाइरहँदा समेत मुख्य सञ्चालक विष्णु मधगोरियाले विभिन्न राजनीतिक शक्तिकेन्द्रहरूलाई भनसुन गर्न लगाउने गरेको स्रोतले दाबी छ । स्रोतका अनुसार नेपालीलाई नै फसाउने उद्देश्यअनुरुप नदेखिएका भारतीय व्यापारीहरूले सकभर संस्थाको करछलीको धन्दा सञ्चालन गरी नेपालबाट बढीभन्दा बढी पैसा कमाउने र नसकिए आफूहरू अगाडि देखा नपर्ने भएकोले आफूहरूलाई समस्या नपर्ने बताउने गरेका छन् ।

फर्जी बिल बनाउनकै लागि दुई ठाउँमा कार्यालय खोलेको लेमिनेट्सले समाचारहरू सार्वजनिक भएसँगै आफ्ना डिलरहरूलाई समेत आफ्नो हिसाब मिलाउन भनेको थियो । सोहीबमोजिम करिब १५ दिनसम्म लेप्लाइ प्लाइउड बिक्री गर्दै आएका सम्पूर्ण डिलरहरूले आफ्नो कार्यालय नै बन्द गरी हिसाब मिलाउन लागेका थिए ।

लेमिनेट्सले वार्षिक करिब ८० करोडको कारोबार गरी करिब २५ करोड राजस्व छली भएको आधारहरू भेटिए पनि अनुसन्धानकै क्रममा रहेको भन्दै लेमिनेट्सको कारोबारमा राजस्वले कुनै पनि हस्तक्षेप गरेको छैन । राजस्वको ढिलासुस्तीले लेमिनेट्सले लुकाउनुपर्ने अबाफ्नो सबै गैरकानुनी कर्तुतहरू लुकाइसकेको समेत स्रोतले दाबी गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x