Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघुससहित सबइन्जिनियर पक्राउ

घुससहित सबइन्जिनियर पक्राउ


पर्सा । सहरी विकास तथा भवन कार्यालय पर्साका सबइन्जिनियर रूपेशकुमार दुवेलार्ई प्रहरीले एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई मंगलबार पक्राउ गरेको हो ।

सबडिभिजन वन कार्यालय वसन्तपुर र सबडिभिजन वन कार्यालय मनवामा १७ लाखको लागतमा निर्माण भएको तीन-तीन कोठे भवनको मूल्यांकन गरिदिने बहानामा ठेक्दारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक विकास मल्लले जानकारी दिए ।

पक्राउ परेका दुवेलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ । मूल्यांकनको १० प्रतिशत रकम दिएपछि मात्र काम गर्ने भन्दै आएका दुवेलाई स्थानीय प्रशासनको सहयोगमा पक्राउ गरिएको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x